0
प्रशासनको मिलेमतोमा खोलाजन्य बस्तुको निकाशी 
 १० असार 
जिल्ला विकास समिति नवलपरासीले  असार १ गते देखि खोलाजन्य सामाग्रीको निकाशीमा रोक लगाएपनि खहरे खोलाहरुबाट धमाधम गिट्टी बालुवा, ढुङ्गा निकाशी भएको छ । जेठ मसान्त सम्मका ठेक्का दिएका खोलाहरुमा असार दोस्रो साता सम्म पनि स्थानीय प्रशासनको मिलेमतोमा धमाधम निकाशी भइरहेको स्थानीयबासीको आरोप छ ।
केरुङ्गे खोलाबाट निकाशी भएको ढुङ्गा, गिट्टी बालुवा प्रहरीले समाउने र केही समयमा छोड्ने गरेपछि स्थानीयले यस्तो आरोप लगाएका हुन् । अबैध निकाशी भएको भए जरिवाना गर्नु पर्ने हो त्यसै छोड्ने हो भने किन ट्याक्टर समातिन्छ कावासोतीका बिक्रम शर्माले भने –‘प्रहरी खोलामा पुग्छ अनी ट्याक्टरलाई जाउ भने जस्तो गर्छ  निकाशी भइरहेको छ ’ ।
खोलाजन्य सामाग्री निकाशीका लागि ठेक्का नभएकाले रोक्का गरेको अबस्थामा कसैले पनि विना अनुमति खोलाबाट समाग्री लैजान नपाउने स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलले बताए । उनका अनुसार स्थानीय प्रशासनको समन्वयमा त्यस्ता कामहरु रोकिने छन्  ।
दिनहुँ जसो ट्याक्टरहरु खोलामा जाने र समाग्री निकाशी गर्ने गरेका छन् । बिहिबार मात्रै ना ४ त ३९५३ नम्बरको ढुङ्गा उठाउदै गरेको ट्याक्टरलाई वन कार्यालयले समात्यो । अनी कार्यालय सम्म ल्याएर स्थानीय विकास निर्माणको प्रयोजनका लागि रै छ भन्दै छोड्यो  । सेक्टर वन कार्यालय कावासोतीका सहायक वन अधिकृत सालिकराम रेग्मीले वेलचोकमा सडक निर्माणका लागि ल्याएको ढुङ्गा स्थानीय अगुवाको अनुरोध छोडिएको बताए ।

Post a Comment

 
Top