0
प्रवेशिका परीक्षाको नतिजा प्रवेशिका परीक्षाको नतिजा शुक्रबार

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले विसं २०७१को प्रवेशिका परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने भएको छ । 


परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षाफल सार्वजनिक गर्न बिहान ११ बजे बोर्ड बैठक आह्वान गरिएको जानकारी दिनुभयो । गत वर्ष जेठ ३० गते नतिजा सार्वजनिक भए पनि यसवर्ष भूकम्पले कार्यालय भवनमा क्षति पु¥याएका कारण केही दिन ढिलो हुने भएको हो । 

परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी गरिएको बताउँदै परीक्षा नियन्त्रक द्वारेले बोर्ड बैठक सकिएपछि अन्तिम रुजु गरेर अपराह्न ५ः०० बजेसम्म परीक्षाफल सार्वजनिक गरिने बताउनुभयो । 

प्राविधिकको एक साता ढिलो ः कोही अनुत्तीर्ण नहुने 
यस वर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने र श्रेणीकरण पद्धतिबाट हुने बताउँदै परीक्षा नियन्त्रक द्वारेले भन्नुभयो–“भोलि ५ बजेसम्म एसएलसी परीक्षाको नतिजा सार्वजनिक गर्नेछाँै, त्यसको एक सातापछि मात्रै प्राविधिक एसएलसीको नतिजा सार्वजनिक हुनेछ ।” 

यस वर्षको नियमित परीक्षामा पाँच लाख ७४ हजार ६८५, पुनःपरीक्षातर्फ एक लाख ४५ हजार १८३ तथा प्राविधिकतर्फ तीन हजार दुई सय ८८ छन् । परीक्षा गत वर्ष चैत ५ देखि १३ गतेसम्म सञ्चालन भएको थियो । 

Post a Comment

 
Top