0
विश्व ईतिहासमा आज
असार ५ 
आज मिती २०७२ साल असार महिनाको ५ गते शनिबार तदअनुसार सन् २०१५ जुन २० तारिख ।
 
आजको दिन विश्व ईतिहासमा विभिन्न घटना अनि परिघटनाका कारण चर्चीत रहेको छ ।ईन्फो अफ दे डे मा हामी तपाईलाई आजकै दिन भएको जन्म,निधन र आजकै दिन विश्व ईतिहासमा के के भएको थियो ।यो विषयमा जानकारी गराउछौँ ।
 
सुरुमा कुरा गरौँ आजकै दिन जन्म भएका प्रख्यात हस्तीहरुको बारेमा ।
 
१.सन् १९४९ मा आजकै दिन अलबामाका चर्चित गायक लायोनील रीचीको जन्म भएको पथयो ।उनको(Commodores,Hello ,Penny Lover)नामक एल्बमले राम्रो बजार सफलता हात पारेको थियो ।
 
२.सन् १९५२ मा आजकै दिन सेन्ट लुइसका प्रख्यात अभिनेता जोन गुडम्यानको जन्म भएको थियो ।उनको ] (Dan Conner -Roseanne ,Babe) नामक चलचित्र निकै चर्चित रहेको थियो ।
 
३.सन् १९८३ मा आजकै दिन अमेरिकाका चर्चित फुटबल खेलाडी ड्यारेन ईस्र्पोलेस जन्मिएका थिए ।उनी अमेरिकामा सर्वाधिक गोल हान्ने खेलाडी भनेर पनि चिनिने गर्थे ।
 
४.सन् १५६६ मा आजकै दिन पोल्याण्डका तेस्रो राजा सीगीसमण्ड को जन्म भएको थियो ।उनले आफनो कार्यक्रालमा देशको लागि राम्रो कार्यहरु गरेका थिए ।
 
अब कुरा गरौँ आजकै दिन विश्व ईतिहासमा के के भएको थियो ,यो विषयमा जानकारी गराउछौँ ।१.सन् १९९० मा आजकै दिन ईरानमा गएको ७.६ रेक्टर स्केलको महाभुकम्पले गर्दा लगभग ४० ( ५० हजार मानिसको मृत्यु भएको थियो ।
 
२.सन् १९९१ मा आजकै दिन जर्मनको संसदले बन देखि बर्लिन बाट पूंजी सार्ने निर्णय गरेको थियो ।
 
३.सन् १८६६ मा आजकै दिन ईटली ले अष्ट्रीया विरुद्ध युद्धको घोषणा गरेको थियो ।
 
४.सन् १९४३ मा आजकै दिन कांग्रेसी नस्लीय समानता (कोर स्थापना भएको थियो ।
 
अब अन्तिममा कुरा गरौँ आजकै दिन निधन भएका प्रख्यात हस्तीहरुको बारेमा ।
 
१.सन् २००५ मा आजकै दिन अमेरिकाका विद्युत इन्जिनियर र नोबेल विजेता समेत रहेका ज्याक किलबाईको निधन भएको थियो ।उनको ८१ वर्षको उमेरमा मृत्यु भएको थियो ।
 
२. सन् २०१२ मा आजकै दिन अमेरिकाका प्रख्यात चित्रकार लीरोए नीइम्यानको ९१ वर्षको उमेरमा निधन भएको थियो ।उनको  निकै राम्रो चित्रहरुको कारण उनी अमेरिकामा प्रख्यात रहेका थिए ।
 
३.सन् १९३३ मा आजकै दिन जर्मनका नारीवादी र कम्युनिस्ट  क्लारा जेटकीनको निधन भएके थियो ।

Post a Comment

 
Top