0
अविरल वर्षाले तीन घर बगायो
 
अविरल वर्षापछि महाकाली नदीमा आएको बाढीका कारण सदरमुकाम खलङ्गाको बाङ्गाबगर जोखिममा परेको छ । 
 
दुई दिनदेखि परेको वर्षाका कारण मान्छे नबसेका अपी नगरपालिका–११ का गणेशसिंह बोहरा, हर्कसिंह महरा र गजैसिंह महराको घर बगेको छ ।
 
विसं २०७० असार ३ गते महाकाली नदीमा आएको बाढीले तहसनहस पारेको दार्चुला सदरमुकामका कैलाशपति निमावि छाङगरु र व्यास गाविसको भवनलगायत एक दर्जन भवन पूर्ण रुपमा जोखिममा छन् । नदीको सतह बढिरहेकाले जोखिम बढेको बताउँदै कैलाशपति निमावि तीन दिनका लागि बन्द गरिएको छ । 
 
बाढीले तहसनहस पारेको सदरमुकाम क्षेत्रका बांगाबगर, खलङ्गा र गल्फै क्षेत्रमा नदी नियन्त्रणका लागि भइरहेको तटबन्धमा समेत क्षति पुगेको छ । यस्तै अविरल वर्षाका कारण भीमदत्त राजमार्गअन्तर्गत कैलालीको भासु भिरमा पहिरो खस्दा सुदूरपिश्चमका दार्चुला, डडेल्धुरा, डोटी, बझाङ, अछाम, बाजुरा र बैतडी जिल्लाको यातायात अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा कैलालीको धनगढी र दार्चुला जिल्लामा आउने गाडी अलपत्र परेका छन् । 

Post a Comment

 
Top