0
खेलकुदमन्त्रीसँग एमाले असन्तुष्ट
नेकपा (एमाले) ले युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलको कार्यशैलीप्रति असन्तुष्टि जनाएको छ । 
 
मन्त्री पौडेल एमालेका तर्फबाट नियुक्त भए पनि उहाँले पार्टीका नीति र निर्देशनानुसार कार्य नगरेको भनी आलोचना भएको छ । मन्त्री पौडेलले बिहीबार राष्ट्रिय खेलकुद परिषद् सदस्यसचिवमा केशव विष्टलाई नियुक्त गर्दा पार्टीसँग कुनै सल्लाह नगरेका कारण उहाँ र पार्टीको सम्बन्ध चिसिएको हो । 
 
एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले पार्टीबाट सरकारमा गएका कुनै पनि मन्त्रीले स्वेच्छाचारी ढङ्गले आफूखुसी राजनीतिक नियुक्ति गर्नु गलत भएको बताउँदै पार्टी केन्द्र र कार्यालय उहाँको काममा सन्तुष्ट नभएको  बताउनुभयो । एमाले नेतृत्वले मन्त्री पौडेललाई आफूखुसी निर्णय सच्चाउन वा पदबाट राजीनामा दिन दबाब दिएको बुझिएको छ ।

Post a Comment

 
Top