0
वर्षाले बर्दियामा सय घर डुबानमा
 
दुई दिनदेखि परेको लगातार वर्षाका कारण बर्दियामा ११० घर डुबानमा परेका छन् भने सयौँ मानिस विस्थापित भएका छन् । 
 
असार १० र ११ गते आएको वर्षाका कारण बर्दियाको बासगढी नगरपालिका–४ मा रहेको सुकुम्बासी बस्ती खल्ला गाउँमा ५४ वटा घर, सोही नगरपालिकाको वडा नं ६ ककौरामा ३१ वटा घर डुबानमा परेको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले बताउनुभयो । 
 
यसैगरी गुलरिया नगरपालिका–२ सगमबस्तीमा २० वटा घर र सानो ताराताल नगरपालिका–१२ मा पाँच वटा घर डुबानमा परेका छन् । दुई दिनदेखिको लगातारको वर्षाका कारण बबई र कर्णाली नदीमा पानीको सतह बढेको छ । कर्णाली नदीको चिसापानीमा पानीको सतह ५.८५ मिटरबाट बढेर ६.८५ पुगेको जल मापन केन्द्र चिसापानीले जनाएको छ । 
 
बबई नदीको चेपागमा रहेको जलमापन केन्द्रका अनुसार त्यहाँ राखिएको पानी नाप्ने यन्त्रले बबई नदीमा पानीको बहाव घटिरहेको देखाएको छ । नदीमा बिहान पानीको सतह ३.८० मिटर रहेकामा अहिले ३.२० मा झरेको छ । नदीमा ६.५ मिटर पुगेमा खतरा मानिन्छ । घर डुबानमा परेपछि पीडित विद्यालय र आफन्त कहाँ बसिरहेका छन् । 

Post a Comment

 
Top