0
 विद्युत् अवरुद्ध हुँदा समस्या
९ असार 
 
कैलालीको महामानपुरमा रहेको १०० केभीएको ट्रान्सफर्मरमा समस्या आउँदा तीन दिनदेखि यस क्षेत्रको विद्युत् सेवा अवरुद्ध भएको छ । 
 
ट्रान्सफर्मरमा आएको समस्याका कारण ४०० घरधुरी प्रभावित भएका छन् । कुटानी, पिसानी गर्ने मिल र सञ्चारगृह रेडियो, कोल्ड स्टोर बन्द रहेका छन् । 
 
गर्मीको समयमा विद्युत् सेवा नहुँदा यहाँका स्थानीयवासी समस्यामा परेका छन् । 
 
विद्युत् प्राधिकरण स्टेसन कार्यालय चौमालाका प्राविधिक जीवन रानाले धनगढीमा १०० केभीएको ट्रान्सफर्मर मगाइसकेकाले छिट्टैनै विद्युत् आपूर्ति गर्ने बताउनुभयो ।

Post a Comment

 
Top