0

काँग्रेसको कुटाकुटपछि कार्यकर्ता दुखी

पर्सा काँग्रेसको कुटाकुटपछि कार्यकर्ता दुखी
 नेपाली काँग्रेस पर्साको जिल्ला कार्य समितिको बैठकमा भएको कुटाकुटले केन्द्रिय तहमा हलचल छ । बैठकका दौरान जिल्ला सभापति सुरेन्द्रप्रसाद चौधरीले केन्द्रिय सदस्य अजय चौरसियामाथी आक्रमण गर्न खोजेपछि चौधरी जिल्ला सदस्य नविन सिंह लगायतबाट कुटिएका थिए । सोमबार बिहान प्रकाशित स्थानीय पत्रिकामध्ये कुनैले चौधरी कुटिएको कुनैले चौरसिया कुटिएको खबर छापेका छन् । दुबै पक्षकाले संचारमाध्यमलाई अर्को पक्ष कुटिएको भनी जानकारी दिएपछि अबेर साँझको खबर पत्रिकाहरुले सूचना फरक फरक पाए  अनुसार छापे । कुटाकुट भएको हो भन्ने तथ्यमा भने दुई मत छैन् । 
स्रोतका अनुसार राष्ट्रिय संचार माध्यमका अनलाईनहरुमा खबर फैलिएपछि केन्द्रिय तह तरंगीत छ । पार्टी सभापति एवम प्रधानमन्त्री शुशिल कोइरालाले बीरगन्जमा सम्बोधन गर्ने भनेर तय सभा हुन ११ दिन बाकी रह्दा भएको यो घट्नाले माहाधिवेशनमा हुने घामासानतर्फ संकेत गरेको काँग्रेस कार्यकर्ताहरुको टिप्पणी छ । ‘यस्तो अमर्यादित कार्य हुनु हुदैनथ्यो, यसले राम्रो संकेत दिदैन्,’ काँग्रेसका पुराना कार्यकर्ता तथा स्थानीय नेता किशोरी चौरसियाले भने, ‘माहाधिवेशनको मुखमा बिवाद चर्काउनुभन्दा मिलेर गए हुन्थ्यो ।’
माहाधिवेशनको तिथी तय भएदेखि सदस्यता लगायतका सवालमा पर्सा काँग्रेसमा बिवाद बढेको हो । यसै कारणले यसपाली जिल्लामा नयाँ सदस्यता पनि बितरण भएन् । पुरानै सदस्यहरुबाट जिल्ला अधिवेशन गर्ने निर्देशन पार्टीले पठाएपछि बिवाद नबढ्ने आशा थियो । त्यसो भने भएन् । आइतबारको कुटाकुटले काँग्रेस पर्सा जिल्लामा नराम्ररी चिरिएको छ । यसको असर भातृ संगठनहरुसम्म पर्ने बताइएको छ । बैठकमा संस्थापक र प्रजातान्त्रिक काँग्रेस पक्षबिच हानाहान भएपछि केन्द्रिय प्रतिनिधि फर्मुला मंसुर भागेका थिए । उनले कसले कसलाई हान्थो भन्ने बताउन चाहेनन् । 
कुटाकुटपछि बैठक स्थागीत भएको प्रतिक्रिया दिए । पार्टी सभापति कोइरालाले बीरगन्जमा सम्बोधन गर्ने भनेर तय सभाको तयारीको लागि जिल्ला समितिको बैठक बस्न जरुरी छ । बैठक र तयारी बिवादले प्रभावित भएपछि सभा पनि अन्यौलमा परेको छ । 

Post a Comment

 
Top