0

चटपटेमा एसिडको प्रयोग

वीरन्जमा बिक्री हुने चटपटेमा एसिडको प्रयोग
 अधिकांश चटपटे पसलले सर्वसाधारणको स्वास्थ्यमाथि नराम्रो ढङ्गले खेलबाड गरिरहेको पाइएको छ ।
चटपटेमा कागतीको अमिलोको सट्टा मिसाइने भेनेगर नामक अमिलोले चटपटे खानेहरुमा गम्भीर समस्या निम्त्याइरहेको छ । बिहानदेखि बेलुकैसम्म चटपटेको अगाडि साना नानीदेखि युवायुवतीको लर्को लाग्छ । चटपटेले हाम्रो स्वास्थ्यमा नराम्रो असर पुर्याइरहेको छ । भेनेगरको अमिलोका कारण आन्द्रामा घाउ हुन थालेपछि यसको असरबारे सर्वत्र चर्चा हुन थालेको छ । चिकित्सकको एक अध्ययनले चटपटेमा भेनेगर एसिड अमिलो हालेर खाएका कारण आन्द्रामा विभिन्न घाउ हुन थालेको देखिएको छ ।
जथाभावी खुलेका चटपटे पसलमा नछोपी राखेको खानेकुरा, भेनेगरको अमिलोले स्वास्थ्यमा गम्भीर असर पुर्याउन थालेपछि जिल्ला प्रशासन कार्यालय पर्साले समेत यसमाथि निगरानी बढाउन थालेको छ ।
“भेनेगर एसिड हो, यसले मानिसलाई असर गर्छ” डा प्रमोद सर्राफ भने “यो खानु स्वास्थ्यका लागि एकदमै हानिकारक हो ।

Post a Comment

 
Top