0

 पूर्वडीएसपी जगदीश चन्द पक्राऊ

जमिम साहको हत्यामा संलग्न पूर्वडीएसपी जगदीश चन्द पक्राऊ
सञ्चार उद्यमी जमिम साहको हत्यामा संलग्न रहेको आरोप लागेर फरार भएका पूर्वडीएसपी जगदीश चन्दलाई प्रहरीले शनिबार नयाँ बानेश्वरबाट पक्राऊ गरेको छ ।
साहको हत्या भएको ६ वर्षपछि प्रहरीले पूर्वडीएसपी चन्दलाई पक्रन सफल भएको हो । प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्रनाथ खनालले  महाशाखाको जिम्मेवारी सम्हाले लगत्तै  चन्द पक्राउ परेका हुन् ।
पक्राउ परेका पूर्वप्रहरी अधिकारी चन्दलाई आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने अपराध महाशाखाले जनाएको छ ।
चन्दविरुद्ध रेड कर्नर नोटिससमेत जारी भएको थियो । उनलाई वर्षौंसम्म गिरफ्तार पर्न नसक्दा प्रहरीको क्षमता र नियममाथि प्रश्न उठाउने गरिएको थियो । तर, एसएसपी खनालको नेतृत्वमा पुरानो अपराधको घटनामा  महत्वपूर्ण सफलता हात परेको छ ।
जमिम शाह
जमिम साह
स्पेसटाइम नेटवर्क प्रालिका अध्यक्ष ४७ वर्षीय जमिमको ०६६ साल माघ २४ गते काठमाडौंको लाजिम्पाटस्थित फ्रान्सेली दूतावास अगाडिको मुख्य सडकमा गोली हानी हत्या भएको थियो । दिउँसो २ः२० बजे मोटरसाइकलमा आएका दुई व्यक्तिले सञ्चार उद्यमी साहको हत्या गरेर फरार भएका थिए ।
याक एण्ड यतिको हेल्थ क्बलबाट पजेरो चढेर घर फर्किइरहेका साहलाई भारतीय हत्याराले होटलदेखि नै पिछा गरेर हत्या गरेका थिए ।
तत्कालीन डीएसपी चन्दले अपराधीहरुलाई भगाउन सहयोग गरेको उनीमाथि अभियोग छ ।
घटनापछि फरार चन्द भारतमा लुकेको अनुमान गरिँदै आएकोमा ६ वर्षपछि चन्द नयाँ बानेश्वरबाटै समातिएका हुन् ।

Post a Comment

 
Top