0

सके राउतले मधेशी जनतासँग ठगी गरिरहेका छन्’

सके राउतले मधेशी जनतासँग ठगी गरिरहेका छन्’–नेता त्रिपाठी



















 १३ असार
 सिके राउतले मधेशका जनतासंग मनोबैज्ञानिक ठगी गरिरहेको तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदेश त्रिपाठीले धारणा राख्दै आज बीरगन्जमा शनिबार पार्टीले आयोजना गरेको जिल्ला स्तरीय सम्बाद तथा कार्यकर्ता प्रशक्षिण कार्यक्रमलाई सम्बोधन गरेका छन् । स्थानीय कार्यकर्ताले राउतका गतिबिधिका बारमो धारणा स्पष्ट पार्न नेता त्रिपाठीसंग आग्रह गरेपछि कार्यकर्ताको जिज्ञासा शान्त पार्दै उनले यस्तो बताए । आत्मनिर्णयको अधिकारी सहितको संघीयता लागु गर्न हम्मेहम्मे परीरहेको अवस्थामा अलग राज्यको कुरा गर्नु भनेको मनोबैज्ञानिक ठगी हो । ‘आकाशको फल आँखा तारी मर,’ नेता त्रिपाठीले भने, ‘मधेश आन्दोलनबाट अन्तरिम संबिधानमैं स्थापीत संघीयता पाउन कठिन रहेको अवस्थामा बेग्लै राष्ट्रको सवाल उठाउनु जानीजानी जनतालाई भ्रममा पार्ने गतिबिधि हो ।’ संघीयताका बिषयमा प्रमुख भनिएका चार दल इमान्दार नरहेको बताउदै उनले दलहरु र राज्यको नीति तथा चरित्र प्रतिगमनकारी देखिएको आरोप लगाए । संसोधित रुपमा २०४७ साल कै संबिधान ल्याउन खोजिएको उनले दावी गरे । पार्टीका सहमाहामन्त्री जितेन्द्र सोनलले सर्वोच्च आदालतको फैसला नमान्ने चार दलले निर्माण गरेको संबिधान मान्न जनता बाध्य नहुने बताउदै आन्दोलनका लागि तयार रह्न सार्वजनिक अह्वान गरे । 

Post a Comment

 
Top