0
विपद्बाट ४३ प्रतिशत बालबालिका प्रभावित
कमला गुरुङ्ग, 
 असार २६–
 
बाल्यकालमा उचित संरक्षण नपाएका बालबालिकाहरु लागु औषध दुव्र्यसन, यौन तथा आपराधिक क्रियाकलापमा सक्रिय हुने गरेको एक कार्यक्रममा जानकारी गराइएको छ । 
 
भरतपुर उपमहानगरपालिका चितवनले आयोजना गरेको बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण कार्यक्रममा सो जानकारी गराइएको हो । 
 
कार्यक्रममा स्थानीय मन्त्रालयका सह सचिव रेश्मीराज पाण्डेले उचित संरक्षण नपाएकै बालबालिकामा आत्महत्या गर्ने ५ गुणा बढी सम्भावना हुने गरेको जानकारी गराउनु भएको थियो । प्रत्येक वर्ष विपदबाट ४३ प्रतिशत बालबालिका प्रभावित हुने गरेको पाण्डेले बताउनु भएको छ । 
 
यस्तै, भरतपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत नारायण सापकोटाले वि.सं २०७६ साल सम्म भरतपुरलाई बालमैत्री शहरको रुपमा स्थापना गर्न लागि परेको बताउनु भएको छ ।
 
बाल कार्यक्रमसंग सम्बन्धित विभिन्न निकाय तथा संस्थालाई बालविकास, बाल संरक्षण , बाल बचाउ लगायतका विषयमा अहिले देखि नै अभिमुखिकरण गरेमा बालमैत्री शहर स्थापना गर्न सहज हुने सापकोटाको भनाई छ । 

Post a Comment

 
Top