0

साउन महिना भित्र संविधान 

 प्रचण्ड

साउन महिना भित्र संविधान आउने , प्रचण्ड














२६ असार एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रदेशको सीमांकन टुंगो लगाएर नै संविधान बनाउन लागिएको बताउनुभएको छ । क्रान्तिकारी पत्रकार संघ पर्साले गोपाल मण्डलीमा शनिबार आयोजना गरेको पत्रकारसम्मेलनमा समसामयिक राजनीतिको विषयमा बोल्दै अध्यक्ष प्रचण्डले संबिधानबढीमा साउन २० गते सम्ममा जारीगर्ने बिषयमा चार राजनीतिक दलहरुका बीचमासहमति भएको जानकारी दिनुभयो । उहाँले २० गतेसम्म नभए साउन मसान्त नकट्नेदावी गर्नुभयो । उहाँले संबिधान जारी गर्ने बिषयमा अहिले जनताको सुझावसंकलन कार्य भइरहेका कारण संघीयताको बिषयमा आफ्ना सुझावहरु स्पष्टसँग राख्न संचारकर्मीहरु मार्फत जनतालाई आग्रह गर्नुभयो । संबिधानमा विवाद रहेको भनिएको सीमांकनको बिषयमा टुंग्याउनुपर्छ भन्ने आफ्नो पार्टीको धारणा रहेको बताउनुहुँदै प्रचण्डले सीमांकन टुग्याँएर संबिधान जारी होस्. भन्ने पक्षमा आफूहरु रहेको बताउनुभो । उहाँले भन्नुभयो, “एमालेले सरकारको नेतृत्व चाहेको छ, कांग्रेस सम्मान जनक निकासको खोजीमा छ, हामीलाई संविधान चाहिएको छ, त्यसैले सीमांकन भएर नै संविधान निर्माण गर्ने हाम्रो अन्तिम चाहान हो ।” संबिधानको बिरोधमा आन्दोलन गर्नुको अर्थ नभएको बताउनुुहुँदै उहाँले केही मधेशवादी दलहरुले भने जस्तो समग्र मधेश एक प्रदेश संभव नभएको बताउनुभयो । उहाँले उपेन्द्र यादवलाई मधेसको मसिहा नठान्न पनि आग्रह गर्नुभयो । सबै मधेस मेरै ठेक्का हो भन्ने सोचेको हो भने त्यो गलत हो, प्रचण्डको भनाई थियो । मुलुकको राजनीतिक निकास नै १६ बुँदे सहमति भएका कारण यसैको जगमा टेकेर सबै राजनीतिक शक्ति अगाडि बढ्नुको बिकल्प नभएको उहाँले बताउनुभयो । उहाँले संविधानको मस्यौदामा नागरिकताको विषयमा ‘आमा र बाबु’ भन्ने शब्दमा विदेशी नागरिक  १६ बुँदे सहमति गरेको बताउनुभयो । पत्रकार सम्मेलनमा पार्टीका नेताहरु डा.बावुराम भट्टराई, नारायणकाजी श्रेष्ठ लगायतको उपस्थिति थियो । यसअघि एकीकृत नेकपा माओवादीको भोजपुरा तथा मिथिला राज्य स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रममा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ंले १६ बुँदे सहमति संबिधान निर्माणका लागि जारी भएको बताउनुभयो । उहाँले मुलुकको निकास र बिकासका लागि संबिधान आवश्यक रहेको बताउनुभयो । अध्यक्ष प्रचण्डले पार्टीभित्र केही बिचलन आएको बताउनुहुँदै स्वार्थी र दलालका कारण जिल्ला जिल्लामा पार्टीको गुट बन्दा काम गर्न अप्ठेरो परेको बताउनुभयो । उहाँले अब पनि माओवादी पार्टी फुट्ने हो भने पार्टी बिसर्जन हुने बताउनुभयो । १६ बुँदे सहमतिमा मधेसवादी दलहरुले विरोध गरेको विषयमा प्रचण्डले मधेसमा अलगवादका केही चलखेलहरु भईरहेको भन्दै मधेसवादी दलहरुसँग पनि संविधान जारी गर्ने विषयमा छलफल भईरहेको बताउनुभयो । प्रचण्डले नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यलाई जडसुत्रवादको संज्ञा दिदै भन्नुभयो, ‘वैद्यजीहरु जति नराम्रो भयो, त्यति राम्रो ठान्नुहुन्छ, देश जति पछाडी गयो त्यति राम्रो सोच्नुहुन्छ त्यो गलत हो ।’ अध्यक्ष प्रचण्डले राप्रपा नेपालले उठाएको धार्मिक स्वतन्त्रताको विषयमा पनि पहिचान र सामथ्र्यको आधारमा ८ प्रदेशको संघीयता आउनेभएपछि संविधानको मस्यौदामा धार्म निरपेक्षता हटाउन खोज्नेहरु पछाडी हटेको बताउनुभयो । कार्यक्रममा बोल्दै बरिष्ठ नेता डा.बाबुराम भटटराईले एकीकृत नेकपा माओवादी पार्टीमा धेरै विचलन आएकोले यसलाई सुदृढ बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले कार्यकर्तालाई एकता गर्न नसकेको भन्दै पार्टी नेतृत्वको आलोचना गर्नुभयो । उहाँले संबिधान जारी गर्ने बिषयमा एमाओवादीले नेतृत्व लिएको दाबी गर्नुभयो पार्टीका उपाध्यक्ष नारायाणकाजी श्रेष्ठ प्रकाशले संविधान निर्माणको वातावरण बनाउका लागि १६ बुँदे सहमती गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधान निर्माणको सवालमा अन्य तत्वहरुले खेल्ने मौका पाउने देखिएकोले जनताको संवधान निर्माण गर्न सहज होस् भनेर नै १६ बुँदे सहमति गरी संविधान निर्माण प्रकृया खुला गरेको हो ।” वीरगन्जको गोपाल मण्डलीमा भएको राजनीतिक प्रशिक्षण कार्यक्रममा पार्टीको नीति तथा संघीयताको सवालमा पार्टीको धारणा सम्बन्धी प्रस्ताव कार्यकर्ता माझ प्रस्तुत गरिएको थियो । पार्टीका केन्द्रीय सदस्य एवं मधेसी राष्ट्रिय मुक्तिमोर्चा नेपालका केन्द्रीय अध्यक्ष राम कुमार शर्माले पार्टीको धारणा पढेर सुनाउनु भएको थियो । पार्टीले सार्वजनिक गरेको धारणामा आफ्ना विचार राख्दै कार्यकर्ताहरुले पार्टीले आफ्नो मुद्दामा अडिग भएर संविधान निर्माणका लागि सुझाव दिएका थिए । उनीहरुले सबै जातजाति, भाषाभाषी, धर्म, लिंग, वर्गको हित हुनेखालको संविधान ल्याउन दबाव दिएका थिए । एमाओवादी पोलिटब्युरो सदस्य एवं भोजपुरा राज्य समिति इन्चार्ज उर्मिला अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा विश्वनाथ साहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । भने कार्यक्रमको संचालन केन्द्रीय सदस्य एवं बाराका इन्चार्ज क्षेत्र बहादुर श्रेष्ठ ‘अनिल’ ले गर्नुभएको
थियो । कार्यक्रममा पोलिटव्यूरो सदस्य रामचन्द्र झा, प्रभु साह, महेन्द्र पासवान, केन्द्रीय सदस्यहरु रामरिझन यादव, अशोक जयसवाल, रामचन्द्र मण्डल, अशोक मण्डल, उमेश यादव, बोध माया यादव, विष्णु बहादुर लामा, राजु खड्का, उपेन्द्र साह, ज्वाला साह लगायतको उपस्थिति रहेको थियो 

Post a Comment

 
Top