अदालतको आदेश उल्टाउन नाउक्षेमा चलखेल
वीरगन्ज,
२६ असार
सरकारी अस्पताल परिसर भित्र औषधी पसल संचालनमा सरवोच्च अदालतले लगाइएको प्रतिबन्धलाई उल्टाउन नारायणी उपक्षेत्री अस्पतालका कर्मचारीहरु नै कमर कसेर लागेका छन् । साउन १ गते देखि सरकारी अस्पतालको परिसमा संचालित रहेका सम्पूण औषधी पसललाई हटाउन सर्वोच्च अदालतले दिएको आदेशलाई धोति लगाउन नाउक्षे अस्पताल परिसरमा औषधी पसल संचालन गरेका कर्मचारी नै लागि परेका हुन ।
सरकारले उपलब्ध गराउने निस्शुल्क औषधि वितरण सेवा अस्पताल आफैंले सुरु नगरे सम्म अस्पताल परिसरमा खोलिएका निजी औषधि पसल सञ्चालनमा रोक लगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि नाउक्षेका कर्मचारीहरु चलखेलमा लागेको सम्बाद श्रोतको दावी छ ।
सरकारले ७० प्रकारका औषधि निःशुल्क बाँड्ने नीति अख्तियार गरेको छ । तर अस्पतालले फार्मेसी सञ्चालन नगरेकाले सर्वसाधारणले ती औषधि अस्पताल परिसरमा संचालित रहेका औषधी पसलबाट खरिद गर्न बाध्य हुदै आएको भन्दै रिट निवेद्कले गरेको जिकिरको सुनुवाइमा अदालतले आदेश जारी गरेको हो ।
सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका नाममा जारी अदालतको आदेशमा भनिएको छ, ‘सबै अस्पतालले आफ्नै फार्मेसी खोलेर सरकारले घोषणा गरेका निःशुल्क औषधि वितरण सुरु नगरेसम्म निजी व्यक्तिलाई भाडा वा ठेक्कामा आफ्नो हाताभित्र फार्मेसी खोल्न दिने काम नगर्नूरनगराउनू ।’
निजी फार्मेसी बन्द गरी सरकारले दिने निःशुल्क औषधिको फार्मेसी खोलिपाऊँ भनी असार ३ मा दायर रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय वैद्यनाथ उपाध्याय र दीपकराज जोशीको इजलासले यस्तो आदेश दिएको थियो ।
Post a Comment