0
सदरमुकाम तीन दिनदेखि अँध्यारो
२५ असार 
नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको गमगाढ वितरण केन्द्रमा समस्या आउँदा तीनदिनदेखि मुगुको सदरमुकाम गमगढी अँध्यारोमा छ ।

मुगुस्थित गमगाढ वितरण केन्द्रका निमित्त कार्यालय प्रमुख कालीबहादुर महतका अनुसार पावर हाउसमा रहेको जेनेरेटरको बेरिङ जलेकाले विद्युत् आपूर्तिमा समस्या आएको हो ।

आर्थिक वर्षको अन्तमा कामको चाप बढेका बेला विद्युत् आपूर्तिमा समस्या आएपछि विकासे कार्यालय तथा विद्युत्जन्य व्यापार गर्दै आएका व्यापारीलाई समस्या भएको छ । जसको कारण ती कार्यालय तथा व्यापारिक केन्द्रबाट पाइने सेवा सेवाग्राहीले समयमै पाउन सकिरहेका छैनन् ।

निमित्त कार्यालय प्रमुखका अनुसार बेरिङ कार्यालय प्रमुख विष्णु शर्मा यो महिनाको अन्तमा मुगु आउँदा आफँै लिएर आउने भएकाले यो महिनाको मसान्तसम्म सदरमुकाम र आसपासका चार गाविसमा विद्युत् आपूर्ति हुने छैन । 

Post a Comment

 
Top