0
 शीर्षनेताको बैठक जारी
२५ असार 

 राष्ट्रपति डा रामवरण यादवद्वारा प्रमुख चार दलका शीर्षनेतालाई सामसामयिक राजनीतिक विषयमा छलफलका लागि आज बिहान बोलाएको बैठक राष्ट्रपति कार्यालय शीतलनिवासमा जारी छ ।

बिहान ८ः३० बजेदेखि सुरु भएको सो बैठकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सुशील कोइराला, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र मधेस जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार हुनुहुन्छ ।

संविधानको मस्यौदा आजदेखि जनतासमक्ष छलफलका लागि लैजान लागेको सन्दर्भमा बसेको सो बैठकमा अन्य विषयमा पनि छलफल हुने बताइएको छ । 

Post a Comment

 
Top