0
विश्व ईतिहासमा आज
असार २७

आज मिती २०७२ साल असार महिनाको २७ गते आईतबार तदअनुसार सन् २०१५ जुलाई १२ तारिख ।
आजको दिन विश्व ईतिहासमा विभिन्न घटना अनि परिघटनाका कारण चर्चीत रहेको छ ।
१.सन् १८५४ मा आजकै दिन न्युर्योकको वाटरभिलेमा  जन्मिएका चर्चित आविष्कारक जर्ज ईस्टमैनको जन्म भएको थियो । उनी कोडाक क्यामेराका आविष्कारक हुन् ।

२.सन् १९०४ मा आजकै दिन चिली का प्रख्यात कवि पब्लो नेरुदाको जन्म भएको थियो । उनले सन्(Residence on Earth )नामक नोबेल लेखेका थिए ।

३.सन् १९२० मा आजकै दिन क्यानडाका लेखक पियरे र्बरटनको जन्म भएको थियो । उनको (War of 1812) नामक लेख निकै चर्चित रहेको थियो ।
४.सन् १९६० मा आजकै दिन फ्रान्सकी मोडल ,अभिनेत्री र गायीका समेत रहेकी कोरवाईनी कारबाईको जन्म भएको थियो । उनी फ्रान्समा निकै चर्चित रहेकी थिईन् ।
अब कुरा गरौँ आजकै दिन विश्व ईतिहासमा के के भएको थियो । यो विषयमा जानकारी गराउछौँ ।
१.सन् २०१२ मा आजकै दिन सिरियामा रहेको त्रीमेस गाउँमा सिरियाली सेनाले २०० जना मानीसहरुको हत्या गरेका थिए ।
२.सन् १९९३ मा आजकै दिन जापानको  होक्काइडो  प्रान्तमा गएको ७.८ रेक्टर स्केलको भुकम्पको कारण १६० जना मानीसको मृत्यु भएको थियो ।
३.सन् १९६० मा आजकै दिन कंगो ,चाड र मध्य अफ्रिकीमा स्वतन्त्रताको घोषणा भएको थियो ।
४.सन् १८७४ मा आजकै दिन ओन्टारियोले कृषि कलेजको स्थापना गरेको थियो ।
अब अन्तिममा कुरा गरौँ आजकै दिन निधन भएका प्रख्यात हस्तीहरुको बारेमा ।
१.सन् १८०४ मा आजकै दन अमेरिकाका खजाना सचिव एलेक्सजेन्डर ह्यामीलटनको निधन भएको थियो । उनको अमेरिकाका उपाध्यक्ष द्धारा गोली हानी हत्या भएको थियो ।
२.सन् २०१० मा आजकै दिन अमेरिकाका हास्य पुस्तक लेखक हार्भी पीकरको निधन भएको थियो । उनी सन् १९३९ मा जन्मिएका थिए ।
३.सन् १९४५ मा आजकै दिन रुसका गणितज्ञ  बोरीस ग्यालेरकीनको निधन भएको थियो । उनी रुसमा निकै चर्चित रहेका थिए । र उनको सन् १८७१ मा जन्मिएका थिए ।
४.सन् २००४ मा आजकै दिन क्यानाडाका राष्ट्रीय ब्यालेटका सह-संस्थापक बीटी ओलीफ्यान्ट को निधन भएको थियो । उनको सन् १९१८ मा जन्म भएको थियो ।

Post a Comment

 
Top