भोकमरीको खतरा
२७ असार
पछिल्लो समयमा नराम्रो द्वन्द्वमा फसेको दक्षिणी सुडानमा भोकमरी छाएको बताइएको छ । यहाँको युद्धक्षेत्रको कतिपय राज्यका नागरिकहरु भोकमरीका कारण मर्न थालेका छन् ।
राष्ट्रसङ्घीय अधिकारीहरुले दक्षिणी सुडानमा अहिलेकै अवस्था अरु केही महिनामात्र जारी रहेका पनि आउँदा दिनमा परिस्थिति अझै नराम्रो हुने चेतावनी दिइरहेका बेला यहाँ भोकमरी छाएको समाचार आएको हो ।
दक्षिणी युनिटी राज्य र अपर नाइल राज्यका केही भागहरुमा सङ्घर्षको अवस्था निकै आक्रान्त भएको र त्यहाँबाट दशौँ हजार व्यक्ति विस्थापित भएका बताइएको छ ।
साथै यहाँ एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण नाम दिइएको प्राविधिक मापन अनुसार यस क्षेत्रका ठूलो भाग आपत्कालीन तथा चौँथो चरणमा पुगेको बताइएको छ । यस मापनमा भोकमरी पाँचौँ चरणमा पर्छ ।
एएफपीले हालै सार्वजनिक गरेको एक प्रतिवेदनमा द्वन्द्वले सबैभन्दा नराम्रोसँग प्रभावित क्षेत्रमा केही घरपरिवारले भोकमरी भोगेको भनी उल्लेख गरिएको छ । प्रतिवेदनमा दक्षिणी युनिटीमा खाद्यान्न सहयोग बन्द भएमा र खाद्यान्न असुरक्षा कायम रहेमा दुई महिनापछि त्यहाँका अनेकौँ घरले भोकमरी भोग्ने बताइएको छ ।
सन् २०१३ मा राष्ट्रपति साल्भा किरले आफ्ना उपराष्ट्रपति रिक माचारले सैनिक विद्रोहको योजना बनाइरहेको आरोप लगाएपछि मुलुकभर हत्याको लगभग शृङ्खला नै चलेको छ भन्दा पनि हुन्छ ।
हत्या र हिंसाको यसै चक्रले नै यो गरिबीले प्रभावित भूपरिवेष्ठित मुलुकलाई जातीय रुपमा विभाजित गरेको छ । यहाँका एक करोड २० लाख जनतामध्ये एकतिहाईलाई सहयोगको आवश्यकता रहेको संयुक्त राष्ट्र सङ्घले जानकारी दिएको छ ।
यहाँको द्वन्द्वले गृहयुद्धको रुप लिइसकेको छ । द्वन्द्वबाट यहाँका जनता नराम्ररी प्रभावित हुन थालेको बताइएको छ । एक वर्ष अगाडि दाता संस्थाहरुले ठूलो मात्रामा हस्तक्षेप गरी युद्धबाट प्रभावित तीन राज्यलाई भोकमरीबाट जोगाएको बताइएको छ ।

Post a Comment