0

पेस्तोलसहित भारतीय नागरिक नियन्त्रणमा

 कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–१० मा  प्रहरी र भारतीय नागरिकबीच दोहोरो गोली हानाहान भएको छ ।

बेलौरी नगरपालिका–१० मा हतियारसहित आएका चार युवकलाई प्रहरी नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि एक राउण्ड गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भरत चौधरीले जानकारी दिनुभयो ।
यसैगरी प्रहरीले एक भारतीय युवकलाई एक थान पेस्तोलसहित नियन्त्रणमा लिएको छ । अन्य फरार तीन युवकले भारतीय भूमिबाट नेपाल प्रहरीमाथि गोली प्रहार गरेका थिए । प्रहरीले पनि जवाफी गोली प्रहार गरेको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो ।
प्रहरीका अनुसार उनीहरु भारतीय नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गरेका थिए । प्रहरीले नियन्त्रणमा लिएका युवाको पहिचान खुलाएको छैन ।

Post a Comment

 
Top