0

करोडौंको जग्गा हडप्न नरहरिको सक्रियता


Narahari-Acharya-624x624
करोडौं जग्गा हडप्न कांग्रेस नेता नरहरि आचार्य आफैं सक्रिय भएपछि काठमाडौंका नयाँ सिडिओ रामकृष्ण सुवेदी तनावमा परेका छन् । धुम्बाराहीस्थित धोबीखोला किनारमा रहेको एक रोपनी जग्गा हडप्न नेता आचार्यले महानगरपालिकादेखि प्रहरीसम्म दबाब दिएका छन् । नेता आचार्यका पीए मनोज खड्कालगायतले सरकारी जग्गा कब्जा गरी भत्केको पुल छेउमा धुम्बबराह फुटसल संचालन गर्दै आएका छन् । उनीहरुले खोला किनारको एक रोपनीभन्दा धेरै जग्गा कब्जा गरी तारबार लगाएर फुटसल चलाएका छन् । जसको महानगरपालिकादेखि अख्त्यिार दुरुपयोग अनुसन्धान आयोगसम्म उजुरी परेको छ । तर, पनि नेताहरुको दबाब र आर्थिक चलखेलमा उक्त जग्गा खाली गराउन सकिएको छैन । काठमाडौं महानगरपालिका, प्रहरी र जिल्ला प्रशासन कार्यालय केही समयअघिदेखि सरकारी जग्गा खोज्ने अभियान सुरु गरेको थियो । जसमा महानगरपालिकका   कार्यकारी अधिकृत रुद्रसिंह तामाङ, तत्कालिन मेट्रो एआईजी बिज्ञानराज शर्मा, सिडिओ एक नारायण अर्याल लगायत उक्त स्थानमा गएर जग्गाको अवलोकन गरेका थिए । जसमा जग्गा मिचिएको प्रष्ट भएपछि खोली गराउन निर्देशन दिइएको थियो । तर राजनीतिक दबाबकै भरमा अहिलेसम्म खाली गरिएको छैन । जसमा नरहरी आचार्य आफैँले सबैलाई फोन गरी दबाब दिने गरेका छन् । काठमाडौंका नयाँ सिडिओ सुवेदीलाई पनि उनले दबाब दिएका छन् ।  स्थानीय केही व्यक्तिहरुलाई समेत आर्थिक प्रभावमा पारी त्यसरी जग्गा कब्जा हुँदै आएको छ । पछिल्लो समय महानगरपालिकाले पनि फुटसलले हडपेको जग्गा छाडेर मात्र तारवार लगाउन थालेपछि यसमा आर्थिक चलखेल सुरु भएको प्रष्ट भएको छ । महानगरपालिकाका प्रमुख कार्यकारी तामाङलाई किनिसकेका छन् । नयाँ सिडिओ सुवेदीलाई पनि प्रभावमा पार्ने काम भएको छ । अख्तियारबाट सरुवा भएका सुवेदीले अख्तियारले अनुसन्धान गरीरहेको जग्गा प्रकरणमा बिक्छन् वा बिक्दैनन्  ।

Post a Comment

 
Top