Latest News

0

बुढानिलकण्ठ पुगे भारतीय राजदूत


bhat
 नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिनुभएको छ ।
 देउवा निवास बुढानिलकण्ठ पुगेर राजदूत रायले नेपालमा सदैव लोकतान्त्रिक आन्दोलनको अगुवाई गर्दै आएको पार्टी काँग्रेसको सभापतिमा निर्वाचित हुनुभएकोमा उहाँलाई बधाई दिनुभएको नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो ।
करिब आधा घण्टा भएको सो भेटमा राजदूत रायले भारत सरकार र आफ्नो व्यक्तिगत तर्फबाट बधाई दिँदै भारतले सदैव नेपालमा शान्ति, स्थिरता र समृद्धि भएको हेर्न चाहेको विचार व्यक्त गर्नुभयो ।
भेटमा सभापति देउवाले नेपाल र भारतबीच सदीयौँदेखि ऐतिहासिक सुमधुर सम्बन्ध रहेको बताउँदै आगामी दिनमा दुबै मुलुकबीचको सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top