Latest News

0
भन्सार कार्यालयको काम दुईदिन प्रभावित२७ फागुन 
विराटनगरका भन्सार एजेन्टहरुले पेनडाउन गर्दै आन्दोलनमा उत्रिएपछि भन्सार कार्यालयको काम प्रभावित भएको छ ।
 
भन्सार एजेन्ट सङ्घ विराटनगरका अध्यक्ष विजेन्द्र परासरका अनुसार भन्सार जाँचपास भएर पठाइएका सामान चेकजाँचमा प्रहरीले दुःख दिएको भन्दै एजेन्टले आन्दोलन सुरु गरेका हुन् । अध्यक्ष परासरले भन्नुभयो –“प्रहरीले अनाहकमा दुःख दिएको छ, त्यसैले आन्दोलनमा उत्रिएका हौँ ।” भन्सार एजेन्टहरुको आन्दोलनका कारण भन्सारको काम कारबाही मङ्गलबार र बुधबार प्रभावित बनेको छ । 
 
भारतबाट आएका र भारततर्फ जाने मालबाहक सवारी साधनको जाँचपासका सबै काम कारबाही ठप्प रहेको भन्सार प्रमुख कृष्ण बस्नेतले बताउनुभयो । 
 
प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा बढी परिणामको सामानको जाँचपास गरेर त्यहीअनुरुप कागजात मिलाउँदै बढी परिणामको सामान पठाउने धन्दा सुरु गरेपछि प्रहरीले कडाइ गरेको थियो । 
 
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले कुनै पनि गैरकानुनी काममा सम्झौता गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो – “गैरकानुनी कामलाई प्रोटेक्सन हुदैन ।” 
 
आन्दोलनका नाममा सिधै तस्करी गर्न पाउनुप¥यो भन्ने भन्सार एजेन्टको आशय रहेको स्थानीयवासीको भनाइ छ । त्यसरी कम परिणामको जाँचपास गरेर बढी परिणामको सामान पठाउन पाइँदैन । 
 
बढी परिणामको सामान कटाउन थालेसँगै प्रहरीले मालबाहक सवारी साधन धमाधम नियन्त्रणमा लिँदै कारबाही अघि बढाउन थालेपछि एजेन्टहरु विरोधमा उत्रिएका हुन । एजेन्ट सङ्घको आन्दोलनले बुधबार रु तीन करोड राजस्व असुली प्रभावित भएको विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी दिनुभयो । 

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top