0
कागताली बन्दैछ पथलैयाको लालपुर्जा 
विभु
अहिलेसम्म पथलैया हीतका लागि जुन जोगी आएपनि कानै चिरेको स्थानीयले अनुभव गरेकाछन् । विसं २०२२ सालमा महेन्द्रराजमार्ग सङ्गै कलानाथ अधिकारीले बसाउनुभएको पथलैयामा नेताले भोटको मात्रै राजनीति गर्दै आएको आरोप लगाएकाछन् । पञ्चायती नेताले पनि निर्वाचन ताका मात्रै गर्ने चिल्ला चाप्ला कुरा स्थानीयले बुझेपनि केही बोल्ने आँट गर्दैन हम्मेसी गर्दैन्थ्ये । ४६ सालमा बहुदलको उदय सङ्गै साईकल छाप वाला सलिमले सूर्यछापबाट हुँकार्दै जस्को जोत उसको पोत , जग्गा नहुनेलाई जग्गा र घर घडेरी नहुनेलाई घर नाराले मतदातालाई लोभ्याउँदै पेजेरोछाप बनेको स्थानीयले देखि सके ।गरिवलाई दिन्छु नभन्नु र ....लाई लैजान्छु नभन्नु बुढापाकाको उखान जस्तै रुख छापबाट फर्मूल्लाहले खोस्टो बराबरको लाजपूर्जा त दिएर एकलौटी भोट हात पारे । पछि पछि लालपूर्जा खेस्रा कागजमै सीमित बनेको बनै छ । त्यस पछि संविधान निर्माणका लागि नेपालमा पटक पटक हुँदै आएको संविधान सभा निर्वाचनका लागि भोट माग्न मीठो भाषमा बत्ती मुनीको अँध्यारो पथलैयालाई उज्यालो पार्छु लालपुर्जा तपाईलाई भोट मलाई देऊ है भनेर हँसिया हतौडी छापबाट पुष्प कमलले भाषण ठोके र पछिल्लो पटक भर्खर मन्त्री बनेका पुरुषेत्तम पौडेलले पहिलो पटक पाईला टेक्दै लालपुर्जाको पासो फालेको बताए ।
कामको खोजी गर्दै विदेशिन बाध्य पथलैयाका कमल आचार्यले फेसबुक स्टाटस्मा लेखेकाछन्–खाली बोल्ने मात्रहो कि कामलेपनि गर्ने हो ? योपटक पनि पथलैयाको लागि मन्त्रीले केही गर्नुभएन भने अर्को चुनावमा भोट माग्न जाँदा ढुङ्गाले हान्लान नि फेरियाद राख्नुस् है मन्त्रीज्यू ।
स्थानीय उनकै एक कार्यकर्ता भने– सबैले लालपुर्जाकै पासो फालेकाछन् । हेरौं कसको पालामा कागताली पर्छ ?
कागताली भनेको के हो ?
एउटा कागको बच्चा जन्मेपछि पहिलो पटक उड्न सिक्न थालेछ र उड्दै गर्दा अत्तालिए धमिराले गोलो लगाईसकेको एउटा सुकेको रुखमा कसो कसो बस्न पुगेछ । त्यै बेला अचानक त्यो सुकेको रुख गर्लाम्य ढलेछ । बच्चो चकित... ।अनि उसलाई आफू बलिायो भएको कारण रुखले थेग्न नसकेर ढलेको भन्दै प्रचार गरेछ । एउटा बुढो कागलाई उसको कुरा चित्त बुझेनछ र सम्झाए छ । तर, बच्चो के मान्थ्यो र ? अहम् बढेछ । बुढो कागले बचचोलाई भनेछ तिमी साँच्चैको बलियो भएको हो भने त्यस्तै अर्को रुखमा पनि बस त ढल्छ कि ढल्दैन । बच्चोलाई पूरा विश्वास थियो ।तर, ढलेन । त्यस पछि उखान बन्यो कागताली

Post a Comment

 
Top