0
इन्डोनेसियामा भूकम्पपछि सुनामी आउनसक्ने चेतावनी
 इन्डोनेसियाको पश्चिमी सुमात्रा टापुमा बुधबार ७.८ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको इन्डोनेसियाका अधिकारीले जनाएका छन् । 
 
भूकम्पपछि पश्चिम र उत्तर सुमात्रा टापु वरपरका स्थानमा सुनामी आउन सक्ने भन्दै घर बाहिर रहेका सबै नागरिकलाई सुरक्षितस्थलमा रहन इन्डोनेसिया सरकारले आग्रह गरेको छ । 
 
भूकम्पको इपिसेन्टर जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइबाट आएको र भूकम्पको झट्का इन्डोनेसिया र यसका छिमेकी देशमा समेत महसुस गरिएको थियो । 
 
भूकम्पबाट मानवीय क्षति भए नभएकोबारे यो समाचार तयार पार्दासम्म कुनै रिपोर्ट आइनसकेको इन्डोनेसियाले जनाएको छ । 
 
यसअघि सन् २००४ मा विध्वंसकारी भूकम्प र यसका कारण आएको सुनामीबाट इन्डोनेसिया लगायतका यस क्षेत्रमा रहेका करीब एक दर्जन मुलुकमा दूई लाख ३० हजार मानिसको मृत्यु भएको थियो । सुनामीबाट खासगरी इन्डोनेसियाको आसेह प्रान्तमा ठूलो संख्यामा हताहती भएको थियो । 

Post a Comment

 
Top