सेल्फी खिच्ने क्रममा नारायणी नदिमा डुवेर वेपत्ता विस्मिताको सव भेटियो
फागुन २०
नारायणी नदिमा डुवेर वेपत्ता भएकी नवलपरासी गैडाकोट १६ बस्ने करीव १८ बर्षिया बिस्मिता ज्ञवालीको सव भेटिएको छ ।
आज विहान ३ बजेतिर स्थानिय रामजि तामाङ र राजु परियारले नदिमा माछा मार्न थापीएको बल्छी हेर्न जाँदा डुवेको स्थानबाट करिव २ सय मिटर लत पानिमा तैरीरहेको अवस्थामा देखेपछि पानिबाट बाहिर निकालेका थिए । त्यसपछि उनिहरुले सरोकारवालाहरुलाई खबर गरेको मृतकका गाउका जित बहादुर गुरुङ्गले जानकारी दिनुभयो ।
सव फुलीएको छ भने प्रहरी र आफन्तको रोहवरमा पोष्टमार्टमका लागी भरतपुर अस्पतालमा लगीएको छ । डुवेकै दिन फाल्गुन १६ गत्तेबाटनै शसस्त्र प्रहरी, जनपथ प्रहरी, स्थानिय र अरोमा कलेज प्रसासनले खोजि गरीरहेको थियो ।
उनि सँगै डुवेकी अर्कि सोही स्थाानका नम्रता सापकोटालाई भने बग्दै गरेको अवस्थामा भरतपुर उपमहानगरपालिका १ लीलाचोकका ईन्द्र बहादुर लामाले श्याम थापाको सहयोगमा सकुशल उद्धार गरीएको थियो ।
भरतपुर उपमाहनगरपालिका १ उद्योग बाणिज्य संघ चितवत पछाडी नारायणी नदि किनारमा सेल्फी खीच्नेक्रममा फाल्गुन १६ गत्ते दिउसो सवा दुई बजे तिर डुवेर बेपत्ताा भएका थिए ।
Post a Comment