0
लरेस पुरस्कारका लागि जोकोभिक, बोल्ट, मेसीबीच प्रतिस्पर्धा
सन् २०१५ को पुरुषतर्फको उत्कृष्ट खेलाडीका लागि नोभाक जोकोभिक, युसेन बोल्ट र लियोनल मेसीसहित विभिन्न छ जनाबीच प्रतिस्पर्धा देखिएको छ । 
 
लरेस विश्व खेल पुरस्कार उत्कृष्ट पुरुष तथा महिलालाई छुट्टाछुट्टै दिइँदै आइएको छ र यसबर्ष अप्रिल १६ मा एक बृहद् समारोहका बीच जर्मनीको बर्लिनमा प्रदान गरिने छ । 
 
जोकोभिकले यसअघि तीनवटा ग्रान्ड स्लाम पुरस्कार जितिसक्नुभएको छ भने बोल्टले विश्व खेलकुद प्रतिस्पर्धामा तीनवटा गोल्ड मेडल प्राप्त गरिसक्नुभएको छ । 
 
त्यस्तै अर्जेन्टिनी विश्व प्रसिद्ध फुटबल खेलाडी मेसीले सन् २०१५ को फिफा वालन डि¬–अर पुरस्कार पाउनुभएको थियो । 
 
फरमुला वनस् लेबिस ह्यामिल्टन, अमेरिकी बास्केटबल खेलाडी स्टेफेन करी र गल्फ खेलाडी जोर्डन स्पैथलाई पनि पुरस्कारका लागि मनोनयन गरिएको छ । 
 
महिलातर्फ प्रसिद्ध अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स पनि महिलातर्फका छ जना भित्र मनोनयनमा पर्नुभएको छ । 

Post a Comment

 
Top