0
लिम्वु समुदायमा युमा धर्मको उदयफागुन २७,
 
लिम्वु समुदायमा युमा धर्मको उदय भएको छ  ।  यसलाई प्राचिन धर्म पनि भनिएको छ । सयौँ वर्ष अघिसम्म अस्तित्वमा रहेको युमा धर्म लोप भएको थियो ।
 
पश्चिम सिक्किमको दारप भन्ने स्थानमा सिकुम सेयङ साप्सिङ युमामाङको जन्म भएसँगै उहाँले सिक्किम सहित पूर्वी नेपालको पाँचथर,इलाम,झापा लगायतका जिल्लामा युमा धर्मको विषयमा प्रवचन दिँदै आउनु भएको छ ।
 
 पाँचथरको फाक्तेप १ स्थित मेडिटेसन सेन्टरमा युमा धर्मको विषयमा युमामाङले प्रवचन दिनुभयो । सो क्रममा उहाँले आफ्नो आत्मा आफैँ चिनौँ भन्ने दार्शनिक पक्ष युमा धर्मको मूल पक्ष भएको बताउनुभयो । मानव समुदायमा हत्या हिंसा बढ्दै गएकोप्रति उहाँले चिन्ता व्यक्त गर्नु भएको थियो ।
 
 कार्यक्रममा सिक्किम मेडिटेसन सेन्टरका अध्यक्ष के वि म’रिङला, पूर्व अध्यक्ष तेङहाङ लिम्व’ लगायतले य’मा धर्मको दार्शनिक पक्ष र यसको ऐतिहासिक पृष्ठभ’मि कोट्याउन’ भएको थियो ।

Post a Comment

 
Top