0

 अदालत नजाने

माओवादी केन्द्रका अध्यक्ष पूस्पकमल दाहाल  सर्वोच्व अदालत नजाने भएका छन् ।

उनको नीजि सचिवालयका अनुसार अदालतको मानहानी गरेको भन्दै उनीमाथि परेको रिटमा प्रचण्ड स्वंयम आफैं नगएर अधिवक्तामार्फत अदालतको प्रतिजवाफ लाउने भएका हुन् ।
सोही अनुसार प्रचण्डले कानुनी अधिवक्तासँग बुधबार बिहानमात्रै छलफल गरेका थिए । प्रचण्डका कानुनी सल्लाहाकारले अधिवक्तामार्फत नै अदालतको प्रतिजवफाव लगाउन मिल्ने बताएपछि उनी नजाने भएका हुन् ।
उनको नीजि सचिवालय अनुसार प्रचण्डले अदालतलाई सम्मान गर्ने बताएका छन् ।
यसअघि प्रचण्डलाई सर्वोच्व अदालतले ३ दिनभित्र हाजिर हुन आदेश दिएको थियो ।
अदालतको अवहेलना सम्बिन्ध मुद्धामा अदालतले प्रचण्डलाई यस्तो आदेश दिएको हो । सर्वोच्चकी कामु प्रधानन्याधीश सुशीला कार्कीको एकल इजलासले प्रचण्डलाई उपस्थित हुन आदेश दिएको थियो।
द्वन्द्वकालीन मुद्दामा आफ्नो पार्टीका नेताहरुलाई अदालतले फँसाउन खोजेको भन्ने प्रचण्डको अभिव्यक्तिले अदालतको अवलेहना भएको भन्दै दिनेश त्रिपाठीले उनीविरुद्द जेठ ३ गते मुद्दा दायर गरेका थिए ।
अदालतको अवहेलना मुद्दामा १ वर्ष जेल र ५० हजार जरीवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

Post a Comment

 
Top