दाङ
आइपुग्दा सोनु बिक संग भेट हुन सकेन। अत्यन्तै नाजुक हालतमा सोनु बिक
भिखको खोजीमा कहाँ पुगिन र कहिले फर्किन्छिन कसैलाइ थाहा छैन । उनिका २
छोराको बिचल्ली देखेर सोनुका जेठा छोरा अर्जुन लाई शिसा नेपाल दाङकी
अध्यक्ष शाजिदा सिद्दिकिले आफ्नो संरक्षणमा आफ्नै घरमा राख्नुभएकोछ।
तपाइहरुको नासो मैले दाङ जिल्लाका एसपि कुबेर कडायत, बाल कल्याण अधिकृत
श्रीधर ज्ञवाली , पत्रकार महासंघका सचिब गजेन्द्र बोहरा , नेपाल पत्रकार
महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेल , पत्रकार नारायण खड्का
एवम् शिशा नेपालकी अध्यक्ष शाजिदा सिद्दिकीको रोहबरमा पत्रकार नारायण खड्का
र शाजिदा सिद्दिकी लाई हस्तान्तरण गरेकोछु। तपाईंहरुले अत्यन्तै बिश्वासका
साथ देखाउनु भएको ऐक्यबद्धताका लागी म आभारीछु। जम्मा ५२०५० (बाउन्न हजार
पचास ) संकलन भएको थियो। अब सोनुका छोराहरुलाइ मात्र होइन सोनुको लागि पनि
बस्ने बाँस र बाच्ने आधारका लागि ब्यबसाय स्थापना गर्ने सर्वसम्मत निर्णय
भएकोछ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment