तेन्दुरलकरको रेकोर्ड तोडे
इंग्ल्याडका कप्तान एलिस्टेयर कुकले सचिन तेन्दुरलकरको टेस्ट क्रिकेटमा सबै भन्दा कान्छो उमेरमा १० हजार रन पुरा गर्ने रेकर्ड तोडेका छन ।
कुकले श्रीलंकाविरूद्ध दोस्रो टेस्टको चौथो दिन पाँच रन बनाएसँगै यो उपलब्धि हासिल गरेका हुन्। ३१ वर्ष पाँच महिना ७ दिनको उमेरमा १० हजार रन पुरा गर्दै सबैभन्दा कान्छो उमेरमा यो सफलता पाएका हुन् । यसअघि तेन्दुलकरले सन् २००५ मा पाकिस्तानविरूद्ध ३१ वर्ष १० महिनाको उमेरमा यो किर्तिमान बनाएका थिए ।
कुकले १२८ टेस्टबाट १० हजार रन पुरा गरेका हुन् । यो सँगै कुक टेस्ट क्रिकेटमा दस हजार रन पुरा गर्ने विश्वका १२औं खेलाडी बनेका छन् । कुकभन्दा अगाडि सचिन तेंडुलकर, रिकी पोंटिङ, जैक्स कैलिस, राहुल द्रविड़, कुमार सांगाकारा, ब्रायन लारा, शिवनारायण चन्द्रपल, महेला जयवर्धने, एलेन बर्डर, स्टीव व र सुनील गावस्करले पुरा गरेका थिए।
Post a Comment