स्थानीय निकायको निर्वाचनको मिति तोक्न नहुने
जेठ २८
– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको विकल्प नभएको बताएको छ ।
प्रेस सेन्टर सुर्खेतले वीरेन्द्रनगरमा गरेको पत्रकार भेटघाटमा अध्यक्ष प्रचण्डले संविधान कार्यान्वयन गर्न, मधेसी, थारु, आदिवासी जनजातिले उठाउँदै आएको मुद्धालाई सम्बोधन गर्न तथा पुर्न्निर्माणको लागि राष्ट्रिय सहमतिको विकल्प नरहेको बताए ।
माओवादी पार्टीको चाहाना एउटा सरकार गिराएर अर्को बनाउने नभई अहिले देखिएका समस्या समाधानको लागि राष्ट्रिय सहमतिको सरकार बनाउनु रहेको उहाको भनाई थियो ।
स्थानीय, प्रादेशिक र संघीय निर्वाचन भएर नयाँ प्रतिनिधि सभा नआउँदासम्म प्रमुख दलहरुबिच एकता आवश्यक रहेकोमा प्रचण्डले जोड दिए ।
स्थानीय, प्रादेशिक र संघीय निर्वाचन भएर नयाँ प्रतिनिधि सभा नआउँदासम्म प्रमुख दलहरुबिच एकता आवश्यक रहेकोमा प्रचण्डले जोड दिए ।
त्यस्तै मधेसवादी दलले उठाउँदै आएको मागप्रति लक्षित गदै प्रचण्डले संविधान पुर्नलेखन सम्भव नभएको बताए ।
स्थानीय निर्वाचनको सन्दर्भमा प्रचण्डले सरकारले राम्रो तयारी नगरी निर्वाचनको घोषणा गर्न नहुने भन्दै अहिलेकै अवस्थामा चुनाव सम्भव नभएको दाबी गरे ।
स्थानीय निकाय पुर्नसंरचना आयोगको प्रतिवेदनपछि मात्र स्थानीय निकायको चुनाव गराउँदा राम्रो हुने प्रचण्डले बताए ।
माओवादी केन्द्रको छठौं प्रदेशस्तरीय एकता भेलालाई प्रशिक्षण दिनको लागि प्रचण्डसँगै उपाध्यक्ष नारायकाजी श्रेष्ठ, नेताहरु रामबहादुर थापा, मात्रिका यादव, मणि थापालगायतका नेताहरु सुर्खेत पुगेको थियो ।
माओवादी केन्द्रको छठौं प्रदेशस्तरीय एकता भेलालाई प्रशिक्षण दिनको लागि प्रचण्डसँगै उपाध्यक्ष नारायकाजी श्रेष्ठ, नेताहरु रामबहादुर थापा, मात्रिका यादव, मणि थापालगायतका नेताहरु सुर्खेत पुगेको थियो ।
Post a Comment