0
१० असार
 विषाक्त च्याउ पकाएर खाँदा झापाको लखनपुरमा एकै परिवारका चारजना बिरामी परेका छन् ।बिहीबार साँझको खानासँग विषाक्त च्याउ पकाएर खाँदा लखनपुर–४ की ५४ वर्षीया धनमाया मग्रान्ती, उनका छोरा २४ वर्षीय सुमन, बुहारी २२ वर्षीया कल्पना र नातिनी ६ वर्षीया सबिना मग्रान्ती बिरामी परेका हुन् ।
आफ्नै बारीमा उम्रिएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । बिरामी चारैजनाको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ ।

Post a Comment

 
Top