डोटीमा रहेको दीपायल सिलगढी नगरपालिकामा ५० प्रतिशत शौचालय बनेपछि खुला दिसामुक्त नगरपालिका घोषणा गरिएको छ ।जिल्लामा रहेका ५० गाविस खुला दिसामुक्त (ओडिएफ) घोषणा भएको वर्षौंपछि दीपायल सिलगढी नपा खुला दिसामुक्त घोषणा गरिएको हो । नगरपालिकाका कारण जिल्ला नै खुला दिसामुक्त घोषणा हुन चुकेको भन्ने चौतर्फी दबाबपछि नगरपालिकाले यो कदम चालेको नगरपालिकाका कार्यकारी अधिकृत राजबहादुर शाहीले राससलाई बताउनुभयो ।
खानेपानीको टड्कारो समस्या रहेको दीपायल सिलगढी नगरपालिकामा ओडिएफ गर्नुको कुनै अर्थ नरहेको समेत स्थानीयवासीले बताएका छन् । पिउनलाई पानी नभएपछि शौचालयमा के को पानी हाल्ने, एक स्थानीयवासीले बताउनुभयो । करिब आधा घन्टा लगाएर पिउनलाई ल्याएको पानी शौचालयमा हाल्दा कति समय खर्च हुन्छ ? काँग्रेस नेता विजय खड्का प्रश्न गर्नुहुन्छ ।
क्षेत्रीय सदरमुकाम रहेको दीपायल सिलगढी नगरपालिकामा शौच जाँदा मिनरल वाटर प्रयोग गर्नुपर्ने बाध्यता जस्ताको तस्तै रहेको यहाँको स्थानीयवासीको आरोप छ । भएका मुहानको व्यवस्थापन गर्न नसक्ने नगरपालिकाले हावाको भरमा र दबाबका कारण ओडिएफ घोषणा गर्नु नाम मात्रको ओेडिएफ भएको राप्रपाका बहादुर खड्काले बताउनुभयो । एक घर एक शौचालय नारा तय गरिएको ओडिएफ घोषणा भएपनि ११ घर एक चर्पीसम्म रहेको खड्काले बताउनुभयो ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.