0

लाशको राजनीति गरेको आरोप 

– निलम्बित सांसद सञ्जय साहकी श्रीमती रंगिलादेबी साहले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको कडा आलोचना गर्दै पदबाट राजीनामा दिएकी छन् ।

उनले  विज्ञप्ती जारी गर्दै मधेशी जनताको समान हकको संघर्षलाई महतोले स्वार्थपूर्ति गर्ने साधन बनाएको आरोप लगाएकी छन् ।
महतोकै बेइमानीले गर्दा मधेस आन्दोलन सफल हुन नसकेको भन्दै उनले महतो लास माथी राजनैती गर्ने प्रतिस्पर्धामा लागेको आरोप लगाएकी छन् ।
उनले महतोकै छलफलपटमा सञ्जय शाहलाई फसाउने काम भएको समेत दाबी गरेकी छन् । स्मरण रहोस् जनकपुर बमकाण्डको अभियोगमा शाह अहिले हिरासतमा रहेका छन् ।
उनले भनेकी छन्, ‘ लोकतन्त्रको मुल्यमान्यतालाइ आत्मसात गरी जनताको जनादेशलाइ सम्मान गरी मधेशका जनताबाट अनुमोदित युवा नेतृतवको नेतृत्वमा मधेशी जनताको न्ययापूर्ण संघर्षलाइ अगाडी बढाउनुको साथ उँहा (माननिय संजय कुमार साह) को मधेशी जनता तथा युवामा लोकप्रियता हेरी उहाँ जस्तो इमान्दार, क्रान्तिकारी, जुझारु नेतालाइ राजनैतिक जिवन समाप्त गर्ने षडयन्त्रमा सामिल भइ झुठ्ठा मुद्घा मामिलामा फसाउने जस्ता घृणीत कार्य भएको छ ।’
दिनअघि मात्रै सद्भावना पार्टीले सञ्जय साहलाई पार्टीको वरिष्ठ उपाध्यक्षबाट हटाएको थियो । शाहले आफूलाई फसाइएको दाबी गर्दै आएका छन् ।

Post a Comment

 
Top