लघुकथा ः धरोहर
विभु
उनी फेसबुकमा निकै छाएकीछन् । उनको प्रत्येक स्टाटस्मा कमेण्टकोबाढी नै आउँछ । हैन, शब्द संयोजन पनि गज्जबले फुराउँछिन् ।
आधुनिक बन्ने नाममा बाहिरी कपडा त बदलेकै हो। तर, बदल्न सक्नुपर्छ पुराना कुरीति अनि कुविचारहरुलाई।।। । प्रशंसाको फोहोरा नै छुट्यो । मित्रको उत्तम विचार।।मिल्ने भए लाखौं पटक मेरै मात्र लाईक हुन्थ्यो होला फेसबुकमा ।
केही अर्थ बोकेको, भावुक अनि मनोरञ्जन मिश्रित उनको वाक्यको सम्मोहनले मनमा कौतुहलताकोतरङ्ग विस्तारित हुनेगर्छ । अरु मित्रले त प्रशंसाको धरोहर नै बनाउँथे । कमेण्टको माध्यमबाट मैले पनि सुनलाई सुगन्धित पारीदिदाँउर्जा थपेको दावी गर्दैउनले प्रफुल्लित मुद्रामा प्रेरणाको स्रोत,असल मित्र जस्ता आभुषणले ओतप्रोत गरिन् । उनको र मेरो मित्रता घनीभूत हुँदै गयो ।
कार्यालयबाट थकित मुहारमा आएर चिया पिउँदैफेसबुक खोलें । उनकोस्टाटस् मेरोप्रतिक्षामा बसेकोथियो । चाहे चप्पल एक सयको लगाउनुया चाहे एक हजार रुपैयाँको सबैले टेक्ने धर्ती एउटै हो , यात्राको महत्व गन्तव्यले राख्छ बाटोले होईन । पहिलो पटक उनको स्टाटस्मा मलाई कता कता असजिलो लागेर आयो । मैले यस पटक प्रशंसाको खोलो बगाउनुको साटो सिस्नो पानी छर्कने विचार गर्दै प्रतिक्रिया पोखेंंबाटो विना गन्तव्यमा कोही पुग्न सकेकोछैन । चप्पल र बाटो ले फरक मान्यता राख्छ । भुईंमा खस्न नपाउँदै उनको प्रतिक्रिया आयो सोच आफ्नो आफ्नो ।मैले आफ्नो धारणा प्रष्टाउँदै पूनः कोरें मेरो विचारमा गन्तव्य भनेको लक्ष्य वा पुग्ने स्थान हो र बाटो भनेको पुग्ने लक्ष्य वा स्थानको माध्यम हो जस्तो लाग्छ । एक दिनको मौनता भङ्ग गर्दै उनी रौद्र मुद्रामा देखा परिन्, सारा दिन घरमा बसेर फेसबुकमा अरुको गल्ती मार्क गर्दैमा कोही पनि मार्क जुकरवर्ग बन्न सक्दैन । एकछिन घोत्लिएँ । राम्रो होस् भन्ने ध्येयका साथ औंलाईदिएको पो होत ।प्रशंसामा रमाउने मित्र कसरी चिप्लिन पुगिन् रु मित्रताको धागो चुडाउँन पुगिन् रु मनमा प्रश्न गाँठो पारेर आयो। गाँठो पारेर जोडिएको धागोमा सलाईको बट्टा लाईटेलिफोन बनाएर वाल्यकालमा खेले जस्तोअब ध्वनी तरङ्गित हुन नसक्ने निचोड निकालेँ ।
अन्तिम पटक मित्रको लागि फुसफुसाएँ नो कमेण्ट।।।।थाहै नपाई माउसले मित्रताको सूचिबाट उनको नाममा डिलेट थिचिसकेछ । ल्याबटप नजिकैरहेको गिलास भुईँमा झरल्याम्म खस्यो।भुकम्प पछि धरहराको अस्तित्व झैं गिलासलाई देखें।औंलाहरु थरथराईरहेकाथिए । अनि के सम्झे कुन्नि एक्लै फिस्स हाँसे मात्र।।।।

Post a Comment