0

स्वर्गीय गुरुङको यसरी गरिँदैछ अन्त्यष्टि 

जेठ २५

– आज बिहान २ बजेर २७ मिनेट जाँदा धापासीस्थित ग्राण्डी अस्पतालमा निधन भएका वरिष्ठ संगीतकार अम्बर गुरुङको आजै अन्त्येष्टि गरिने भएको छ । 

gurung
पार्थिव शरीरलाई ग्राण्डी अस्पतालबाट १० बजेर ५१ मिनेट जाँदा निकालेर नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानमा लगिने भएको छ । त्यहा दिउँसो करीब ४ बजेसम्म पार्थिक शरीर श्रद्धाञ्जलीको लागि राख्ने तयारी छ । त्यहाँबाट पुन शब यात्रासहित गुरुङको पार्थिब शरीर अन्त्येष्टिको लागि पशुपति आर्यघाट लगिनेछ । आर्यघाटमा हिन्दु र बौद्ध परम्पराअनुसार उनको अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ ।
उनलाई सरकारी सम्मान समेत दिइने बताइएको छ । यद्यपी यसबारे औपचारिक खिनर्णय हुन बाँकी रहेको छ।

Post a Comment

 
Top