छोरीको जन्मदर घट्दै
समाजमा छोरीको जन्मदर घट्दै गइरहेकोप्रति सरोकार भएकाले चिन्ता व्यक्त गरेका छन् ।
उनीहरुले समाजमा लिङ्ग पहिचान गरी गर्भपतन समेत भइरहेकाले त्यसको रोकथामका लागि कडा कानुनी व्यवस्था हुनुपर्नेमा समेत जोड दिएका छन् ।
‘बाधा तोडौँ शिशु बालिकाको अधिकार संरक्षण गरौँ’ परियोजनामा नागरिक सञ्जालको प्रभावकारिता र बाल संरक्षणसम्बन्धी संयन्त्रको सुदृढीकरण विषयमा आयोजित अन्तक्र्रिया कार्यक्रमका सहभागीले शिक्षित र सभ्य मानिएका व्यक्तिबाट नै गर्भपतन गराउने प्रवृत्ति वृद्धि भएकोमा चिन्ताको विषय बनेको बताए ।
सामान्यतयाः १०० बालकको जन्म हुँदा १०६ बालिका जन्मनुपर्नेमा भक्तपुरको एक नगरपालिकाको एउटा वडामा गरिएको सर्वेक्षणमा ४६ वटा सुत्केरीका घटनामा १६ बालिकाको जन्म भएको पाइएको समाजमा छोरी जन्मेकै कारण अझै पनि आमा अपहेलित हुनुपर्ने अवस्था भएकाले छोरीको जन्मदर घट्दै गए ।
छोरा मात्र जन्माउँदा बुहारी कहाँबाट ल्याउँछौँ भन्ने ज्ञान अभिभावकलाई दिनसके छोरीको जन्मदर बढ्न सक्ने छोरी मात्र जन्माएर बसेका समाजका अभिभावकलाई सम्मान गर्ने परिपाटी सरकारीस्तरबाटै हुनुपर्ने त्यसो हुनसके छोरी जन्माउने आमा अपहेलित हुने।
Post a Comment