0

 प्रमुख दल नै बाधक

 उपप्रधानमन्त्री एवम् राप्रपा नेपाल अध्यक्ष कमल थापाले संविधान जारी गर्ने प्रमुख दल नै अहिले सत्ता परिवर्तन गर्ने खेलमा लागेकाले संविधान कार्यान्वयनमा बाधक देखिएको बताउनुभएको छ ।

 हेटौँडामा राप्रपा नेपाल मकवानपुरको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै अहिले सत्ता हेरफेरभन्दा पनि संविधान कार्यान्वयन गर्न सबै दलले ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले प्रमुख दलहरुले आपसी विवादलाई त्यागेर जनताको आर्थिक स्तर वृद्धि गर्न संविधान कार्यान्वयन र स्थायित्वको एकजुट हुनु पर्दछ भन्नुभयो ।
File Photo
File Photo
अध्यक्ष थापाले विगत १८ वर्षदेखि स्थानीय निकायको निर्वाचन नहुँदा विकास निर्माणका काम हुन नसकेको यथार्थलाई ध्यानमा राखेर स्थानीय निकायको निर्वाचन गर्न प्रमुख दल विभाजित हुन नहुने बताउनुभयो ।
सो अवसरमा केन्द्रीय सदस्यत्रय दीपकबहादुर सिंह, मधु अधिकारी र राजाराम बर्तौला तथा सांसद गणेश थापाले स्थानीय निकायको चुनाव गर्नुपर्ने बताउनुभयो । स्थानीय हुप्राचौरबाट ¥याली सुरु भई नगर परिक्रमा गर्दै पल्पसा रोडसम्म पुगेको थियो ।
अध्यक्ष थापाले विभिन्न पार्टी परित्याग गरी राप्रपा नेपालमा प्रवेश गरेका नव प्रवेशीलाई टीका र माला लगाई स्वागत गर्नुभएको थियो । दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

Post a Comment

 
Top