0
हङकङमा नेपालको पर्यटन प्रवद्र्धन गरिनेभूकम्पपछि थलिएको नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हङकङमा हाइकिङ ९लामो दूरीको पैदल यात्रा० को आयोजना गरिने भएको छ । 
‘हाइक फर नेपाल’ शीर्षकमा हुने पैदल यात्रा करिब १३ किलोमिटरको हुने आयोजक मितेरी समाज हङ्कङले जनाएको छ । 
‘नेपालकालागि सँगसँगै पाइला चालाँै’ भन्ने नारा दिइएको कार्यक्रम आगामी साउन ९ गते हुनेछ । ‘हामी उठ्नेछौँ’ अभियान अन्तर्गत हुने उक्त पैदल यात्रामा १० पटक सगरमाथा आरोहण गरिसकेका चर्चित कीर्तिमानी आरोही फुर्वा तेन्जिङ् शेर्पा सहभागी हुनुहुनेछ । 
उहाँले १७ देखि २४ वर्षको उमेरभित्र ९ पटक सगरमाथाको शिखर चुमेर विश्व कीर्तिमान बनाउनुभएको छ । 
तीन दिनमै दुईपटक सगरमाथा आरोहणको अर्को कीर्तिमान पनि उहाँकै नाममा छ । शेर्पाले हङ्कङेलीसँगै विदेशीसँग हिमाल आरोहणका सफलता, समस्या र चुनौतीबारे अन्तक्र्रिया समेत गर्ने बताइएको छ । 
अन्तर्राष्ट्रिय सहर हङकङको केन्द्रविन्दु सेन्ट्रलबाट सुरु हुने यात्रा वानचाई ग्याप, वाङ नाई, चुङ रिजर्भर पार्क हुँदै रिपल्स बेमा पुगेर टुङ्गिनेछ । हङ्कङका अग्ला भू–भागमा हुने हाइकिङमा नेपालीसँगै विदेशी पनि सहभागी हुने समाजका अध्यक्ष तुलसी गुरुङले बताउनुभयो । 
भूकम्पपछि थलिएको नेपालको पर्यटन क्षेत्रलाई उकास्न यस्ता कार्यक्रमले टेवा पुग्ने उहाँको भनाइ थियो ।

Post a Comment

 
Top