Latest News

0
केही दिन यता परेको अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव उच्च पुगेको छ ।

स्याङ्जाको बोर्लाङपुल, कास्कीको पन्चासे र ठोरीमा पानीको बहाव बढेको बाढीपूर्व सूचना विज्ञ विनोद पराजुलीले जानकारी दिए ।
यस्तै पश्चिमको महाकाली, बबई, कर्णाली र पश्चिम राप्तीमा पनि पानीको बहाव बढ्ने अनुमान गरिएको पराजुलीले बताए ।
दार्चुला, बैतडी, कन्चनपुर, कैलाली र बर्दिया आसपासका पश्चिमी क्षेत्रमा आज ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै काठमाडौं उपत्यका सहित देशका अधिकांश स्थानमा आज पनि झरी पर्ने महाशाखाले जनाएको छ । गत बिहीबारदेखि सक्रिय भएको मनसुन आइतबारसम्म रहने मौसमविद्हरुले बताएका छन् ।

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top