0

एनआरएनए साउदीमा थप नियुक्तीहरू, मध्य क्षेत्रिय समिति पुनर्गठन हुने


गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको २६ जुलाई शुक्रबारका दिन दमाममा बसेको तेस्रो पुर्ण बैठकले एनसिसी साउदी अरबमा रिक्त सह कोषाध्यक्षमा सदस्य लाल बहादुर मगर (जेद्धा) लाई पदोन्नती गरेको छ भने प्रवक्तामा सिताराम नेपाल (रियाद) लाई नियुक्त गरेको छ । सिताराम नेपाल मध्य क्षेत्रिय समन्वय समिति रियादका सचिव हुनुहुन्थ्यो र गतः ३१ मईमा सम्पन्न बिशेष अनौपचारिक भेलामा यस पद (एनसिसी प्रवक्ता) मा प्रस्तावित हुनुभएको थियो ।
बैठकले सन बहादुर पुन (रियाद) र दिनेश सुनुवार (जेद्धा)लाई एनसिसीको सल्लाहकारमा नियुक्त गरेको छ । पुन लामो समय देखि रियादको बथामा रहेर कुमारी फैन्सी स्टोर चलाउंदै नेपाली कामदारहरूलाई सकेको सहयोग पुर्याउंदै आउनुभएका बिशुध्द छबी र प्रतिष्ठा बोकेका समाजसेवी ब्यक्तित्व हुनुहुन्छ भने सुनुवार पश्चिम क्षेत्रिय समन्वय समिति (जेद्धा)का पुर्ब अध्यक्ष तथा एनसिसी साउदी अरबका पुर्ब उपाध्यक्ष हुनुहुन्छ । प्रमुख सल्लाहकारमा यस अघि नै पुर्ब अध्यक्ष धरम के.सी.को नियुक्ती भैसकेको छ ।
मध्य क्षेत्रिय समन्वय समितिका अध्यक्ष दिपक रेग्मीले स्वेच्छाले दिनुभएको राजिनामा स्वीकृत गर्दै, मौजुदा मध्य क्षेत्रिय समिति बिघटन गर्दै यसै बैठकले आगामी २ महिना भित्रै मध्य क्षेत्रको बिशेष क्षेत्रिय भेला बोलाई नयां कार्य समिति चयन गर्ने गरी ३ सदस्यीय ‘पुनर्गठन समिति’ पनि गठन गरेको छ । यसको संयोजकमा एनसिसीका उपाध्यक्ष डोर बहादुर कार्की तोकिनुभएको छ भने सदस्यहरूमा एनसिसीका नव नियुक्त प्रवक्ता सिताराम नेपाल र मध्य क्षेत्रिय समितिका पुर्ब अध्यक्ष रामकृष्ण श्रेष्ठ रहनुभएको छ ।
बैठकमा आममाफी र पासपोर्ट नबिकरणका बिषयमा पनि आन्तरिक छलफल तथा समिक्षा गर्दै यी दुबैलाई नेपाली कामदारहरूका लागि सहज, थप ब्यवस्थित र सर्बसुलभ बनाउन नेपाली दूतावाससंग छिटै नै बिशेष वार्ता गर्ने भएको छ ।
आगामी अक्टोबर १९-२२ मा हुन गैरहेको एनआरएनएको छैठौं बिश्व सम्मेलन तथा महाधिवेशनमा साउदी अरबको सहभागितालाई प्रोत्साहित गर्ने पुर्ब निर्णयलाई यस पटक पनि निरन्तरता दिने भएको छ।

Post a Comment

 
Top