कलावतीले न्याय पाउन
![]() |
| पीडित कलावती राम । तस्बिर : सन्जिव वाग्ले |
राज्यले अधिराज्यव्यापी सुरक्षित मातृत्वको कार्यक्रम सञ्चालन गरिरहेको अवस्थामा प्रतिष्ठान भित्रै एउटी गरिब महिलालाई खुल्ला आकाश मुनी असुरक्षित तरिकाले बच्चा जन्माउन बाध्य पारिनु र जन्मिएको बच्चाको मुख सम्म हेर्न नदिनु चिकित्सकको चरम लापरवाही र अमानवीय कार्य हो । यो राज्यले ग्यारेन्टी गरेको प्रत्येक नागरिकको स्वास्थ्यको अधिकार माथिको गम्भीर हनन् हो ।
सरकारी छानविन टोलीले कलावती रामले उपचार नपाउनुमा वी.पी. प्रतिष्ठानको चरम लापरवाही र चिकित्सकको गैरजिम्मेवारी भएको ठहर सहितको प्रतिवेदन पनि सरकारलाई बुझाई सकेको छ। यो घटनामा दुई वटा पक्ष देखिन्छन्, एउटा पक्ष प्रतिष्ठानका चिकित्सक र नर्सहरुमा सम्वेदनहिनता बढदै गएको छ भने गरिब तथा निमुखालाईहरुस“ग त्यहा“का स्वास्थ्यकर्मीहरुले गर्ने व्यवहार र अरु विरामीप्रति गर्ने व्यवहारमा पनि फरक देखिन्छ । यो भनेको स्वास्थ्यकर्मी आफ्नो सेवामुखी पेशाको मर्म ‘हिप्पो क्रेटिक सपथ’ बाट विमुख हु“दै गएको प्रष्ट हुन्छ । यही अवस्था रहिरने हो भने स्वास्थ्यकर्मीलाई भगवानको रुपमा हेर्ने र श्रद्धा गर्ने आम मानिसको घारणामा परिवर्तन हुन समय लाग्दैन ।
पछिल्लो समयमा चिकित्सक र स्वास्थ्यकर्मी माथि आक्रमणका घटना बढ्नुको एउटा कारण यो पनि हो। यस तर्फ स्वास्थ्य क्षेत्रस“ग सम्बन्धित सबैले ध्यान दिनु जरुरी छ। अर्काे पक्ष, अस्पतालमा बिरामी (सेवाग्राही) को चाप बढ्दै जानु तर त्यसको व्यवस्थापन गर्न सबै पक्ष उदासिन रहनु ठूलो समस्याको रुपमा देखिएको छ। एकातर्फ अस्पताल व्यवस्थापनले आफ्नो क्षमता अनुसारको उचित व्यवस्थापन गर्न नसक्नु र चिकित्सक लगायतका स्वास्थ्यकर्मीलाई पेशागत व्यवहार अनुकुलको व्यवहारप्रति उत्प्रेरणा दिन र दण्ड सजायको उचित व्यवस्था गर्न नसक्नु पनि अर्काे कारण हो ।
कलावती सुत्केरी प्रकरण स्वास्थ्य क्षेत्र र चिकित्सकले शिर निहु¥याउनु पर्ने अवस्था हो । यो मानव अधिकारको गम्भीर हनन हो। यस प्रकरणमा प्रतिष्ठान नेतृत्व र चिकित्सक दुवै दोषी छन्। छानविन समितिको प्रतिवेदन अपूर्ण रहेको भन्दै छानविन गर्न प्रतिष्ठान आएका स्वास्थ्य सचिव डा.प्रविण मिश्र प्रतिष्ठानकै गेष्टहाउसमा पाहुना बनेर फर्कनुले उनी दोषी चिकित्सक र अस्पताल व्यवस्थापनलाई बचाउने खेलमा लागेका त छैनन् भन्ने आशंका बढेको छ। घटनाका दोषीले कुनै बहानामा उन्मुक्ति पाउनु हु“दैन । कलावतीले जुन क्षति बेहोर्नु प¥यो । भविष्यमा कसैले पनि स्वास्थ्यकर्मीबाट यस्तो नियती भोग्नु नपरोस् । कलावतीले उचित न्याय र क्षतिपूर्ति पाउनु पर्छ । यस तर्फ सम्बन्धित क्षेत्रका सबैको ध्यान केन्द्रित होस् ।

Post a Comment