0

कोमल वलीले तीज गीतलाई बनाइन र्‍याप !

 गायिका कोमल वली विगत केही वर्षयता हरेक वर्षको तीजमा चर्चाको शिखरमा रहने गरेकी छिन् । महिलाहरुको महान् चाड तीजका अवसरमा ‘उट्पट्याङ’ तीज गीत गाएर कोमल वलीले आलोचना र तारिफ दुबै बटुलेकी छिन् ।
कोमल वलीले यस पटक पनि एक तीज गीत गायकी छिन् । जुन तीज गीतको भिडियो यु–ट्युवमा अपलोड गरिएको छ । ‘झुमी–झुमी’ बोलको यस तीज गीतमा कोमल वली ‘आधुनिक’ रुपमा देखिएकी छिन् भने गीत पनि परम्परागत तीज गीत भन्दा विशुद्ध फरक छ ।
तीजसँग सम्बन्धित केही शब्द र मर्महरुले गीतमा स्थान त पाएको छ तर सम्पूर्ण गीतको प्रस्तुतिले कोमल वलीको यो तीज गीत ‘वाईह्यात’ बनेको छ ।
कोमल वलीको यो गीत हेर्ने र सुन्ने अधिकांशले नकारात्मक प्रतिक्रिया दिएका छन् । कोमल वलीको यो भिडियो हेरेपछि यु–ट्युवमा एक व्यक्तिको प्रतिक्रिया यस्तो छ–‘…नराम्रोको पनि सीमा हुन्छ यार, यो जति घीन लाग्दो गीत त मैले कहिले सुनेको थिइन् र सुन्नु पनि नपरोस् ।’
कोमल वलीको शब्द, संगीत र स्वरमा सजिएको यो गीतमा गिरिश खतिवडाले र्‍याप गाएका छन् । गीतको भिडियोमा उज्जव/सुमितले क्यामरा चलाएका छन्

Post a Comment

 
Top