प्रचण्डपुत्र साकारसँगै राती राती उड्ने दम्पती को?
काठमाडौ, ३ भदौ। आफ्ना क्रियाकलापका कारण सधै चर्चामा आउने प्रचण्डपुत्र प्रकाश फेरि एकपटक चर्चा आएका छन्। भगाएर ल्याएका तेस्री श्रीमती विना मगरलाई पिता प्रचण्ड र आमा सीताले स्विकारेपछि भारत बसाइ अन्त्य गर्दै नेपाल आएका प्रकाश त्यसयता पनि विभिन्न हर्कत र क्रियाकलापका कारण चर्चामा रहेका छन्।
यो पटक पनि उनी उनको घुमघामका कारण चर्चामा रहेका छन्। तेस्री श्रीमती विनासँगै बैङकक घुम्न निस्किएका प्रकाश यसकारण मात्र चर्चामा भने छैनन। सार्वजनिक जीवनमा प्रकाशका नामले परिचित उनै प्रकाश साकार दाहालको नाममा आइतवार राती ११:३० बजे ड्रागन एअरको उड़ान नम्बर KA 119 बाट विना मगरका साथ बैङकक गएका छन्। प्रकाश र विना मात्र जाने विषय खासै चर्चामा नभएपनि उनिहरुसँगै गएका अर्का दम्पतिका कारण उनको यो घुमाइ पनि एकपटक फेरि चर्चामा रहेको छ।
प्रकाशसँगै गएको अर्को दम्पती मनोज बहादुर श्रेष्ठ र उनकी श्रीमती मेघना श्रेष्ठ रहेका छन्। मनोज बहादुर श्रेष्ठ बैङकर हुन। एमाओवादी स्रोत भन्छ अध्यक्ष प्रचण्डको तर्फबाट विभिन्न ठाउँमा लगानी गर्ने काममा उनको संलग्नता रहदै आएको छ। स्रोत भन्छ ‘ हिमालयन बैङकका अध्यक्ष रहेका मनोज श्रेष्ठ प्रचण्डका भने घरायसी बैङक नै हुन।’मनोज र मेघना पनि प्रकाश जस्तै घुमघाममा मात्र निस्किएको होकी अरु नै कारणले निस्किएका हुन त्यो भने एमाओवादी भित्र पनि चर्चामा रहेको छ। एमाओवादीकै एक स्रोत भन्छ कहिले उपचारका नाममा कहिले केका नाममा प्रचण्ड र उनका परिवारको भ्रमण धेरैजसो आर्थिक विषयमा केन्द्रित हुने गरेको छ।

Post a Comment