काठमाडौमा कांग्रेस उम्मेदवार आचार्यको गाडीमा आगजनी
कात्तिक ११ –
काठमाडौ क्षेत्र नम्बर ५ का नेपाली कांग्रेसका उम्मेदवार नरहरि आचार्यको गाडीमा आगजनी भएको छ ।
काठमाडौ धापासीमा रहेको कृष्ण मन्दिर नजिकै आचार्यले चुनाव प्रचारमा प्रयोग गरेको बा ६ च ६१९ नम्बरको किया स्पोटेज गाडीमा बिहान पौने दशबजे नचिनेका दुईजनाले आगजनी गरेका हुन् ।
मोटरसाइकलमा आएका दुईजनाले गाडीमा पेट्रोल छर्केर आगो लगाएका र उतिखेरै भागेका नेता आचार्यले बताउनुभयो ।
आगलागीबाट गाडीको इन्जिन जलेको छ भने सीसाहरु पनि फुटेको छ । प्रहरीले नेकपा माओवादीका कार्यकर्ताले गाडी जलाएको हुनसक्ने आशंका गरेको छ ।
Post a Comment