इलाममा एमाओवादी उम्मेदवारमाथि कुटपीट
कात्तिक ११ –
एकीकृत नेकपा माओवादीका इलाम क्षेत्र नम्बर २ का उम्मेदवार रमेश लिङ्देनमाथि नेकपा–माओवादीका कार्यकर्ताले कुटपीट गरेका छन् ।
चुनावी कार्यक्रम सकेर फर्किंदै गर्दा आइतबार बेलुकी पाँचथर र इलामको सिमावर्ती क्षेत्र उत्तरे भन्ने ठाउँमा उहाँमाथि कुटपीट भएको एकीकृत माओवादीले जनाएको छ ।
उहाँको खुट्टामा सामान्य चोट लागेको छ । उहाँले प्रयोग गरेको गाडीमा पनि तोडफोड भएको छ ।
Post a Comment