प्रचण्डको जाने कार्यक्रममा फेरि रुख ढालेर अबरोध
कात्तिक ११–
ओखलढुंगा बजारमा एकीकृत नेकपा माओवादीले आयोजना गरेको चुनावी कार्यक्रमलाई अवरोध गर्न सोमबार नेकपा–माओवादीले यातायात बन्द गराएको छ ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रमलाई अबरोध गर्न नेकपा माओवादीले आइतबार साँझदेखि नै यातयात बन्द गराएको हो ।
प्रचण्ड केन्द्रित विरोध कार्यक्रम गर्दै आएको माओवादीले ठूलाछापको निसंखेमा रुख ढालेर सडक अबरोध गरेको छ ।
बन्दका कारण खानीभञ्ज्याङ, हर्कपुर, कोषाहाट, फलाटेभञ्ज्याङ लगायतका ठाउँबाट सदरमुकामका लागि छुट्ने र जिल्लाका बिभिन्न स्थानमा छुट्ने गाडी चल्न सकेका छैनन् । यातयात नचल्दा सयौँ अलपत्र परेका छन् । यातायात बन्द खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गाडी नचलेपछि एकीकृत नेकपा माओवादीका कार्यकर्ताहरु हिडेर सदरमुकाम आउन लागेको वाइसिएलका जिल्ला संयोजक सुरेश थापाले बताउनुभयो ।
प्रचण्ड आउन लागेकाले पार्टीको केन्द्रिय नीति अनुसार जिल्लामा यातायात बन्दको घोषणा गरिएको नेकपा माओवादीका जिल्ला इन्चार्ज मोहन खड्काले बताउनुभयो ।
सरकारले निगरानी बढाएपछि बैद्य समुहका नेताहरु सदरमुकाम छोडेर गाउँ पसेका छन् । प्रचण्ड सहभागी कार्यक्रममा नेकपा–माओवादीले देशभर नै बन्द गर्दै आएको छ ।
Post a Comment