0
एउटा रिपोर्ट लन्च हुँदैछ भन्ने जानकारी दिनका लागि ४-५ वटा पत्रिकामा ज्याकेट एड हालिरहनु आवश्यक थिएन, एक चौथाइ आकार (४-२५) मा पनि सामाजिक सन्देश दिन सकिन्थ्यो भन्दा केहीले मेरो स्वार्थ वा पीडा देखेछन् ।
बहसै गर्ने हो भने, महिला र बालबालिकासँग सम्बन्धित सञ्चार सामग्री उत्पादन गर्दा सञ्चार संवेदना अपनाउनु पर्छ भनेर नेपालका मात्र हैन, विश्वभरका पत्रकार आचारसंहिताले भन्छ। यो विज्ञापन ठीक थियो भन्नेहरूले विज्ञापनमा प्रयोग गरिएकी बालिकाबाट उनको फोटो सार्वजनिक विज्ञापनमा प्रयोग गर्ने भनेर स्वीकृति लिइएको थियो कि थिएन? भनेर भन्न सक्छन?
दोस्रो कुरा उनको पक्षबाट हेर्दा सानैमा बिहे भएर बच्चा पाएकी बालिका भएका नाताले पीडित पक्ष पनि हुन्, उनलाई यस्ता सार्वजनिक विज्ञापनमा खुल्ला प्रयोग गर्न सकिन्थो कि सकिँदैन थियो, लु बहस गरौँ

Post a Comment

 
Top