भारत बस आगलागीमा ४० को मृत्यु

भारतको आन्ध्र प्रदेशको हैदराबादमा एउटा बसमा आगो लाग्दा कम्तिमा ४० जनाको मृत्यु भएको छ ।
करिब ५० जना यात्रु बोकेर बैगलोरबाट हैदराबाद जाँदै गरेको पर्यटक बसमा आगो लागेको हो । बसको इन्धन ट्यांकी कलभर्टमा ठोक्किएपछि निस्किएको आगोकोझिल्काले बसमा आगो लागेको प्रहरीले बताएको छ । हैदराबादबाट करिब १ सय ४० किलोमिटर टाढा कोथाकोटामा घटना भएको हो ।
घटनामा बसका चालकसहित सात जना भने बाँच्न सफल भएका छन् ।
Post a Comment