0

कांग्रेस उम्मेदवारको गाडीमा आगजनी

१३ कात्तिक, 
 धनकुटामा काग्रेस उम्मेदवारको गाडीमा आगजनी भएको छ । धनकुटा क्षेत्र नम्बर २ का काग्रेस उम्मेदवार आनन्दसन्तोषी राईले चुनावी अभियानमा प्रयोग गर्दै आएको गाडीमा गएराति आगजनी भएको हो ।
३३ दलिय मोचाको निर्णय अनुसार नेकपा-माओबादी, नेकपा एकिकृत र मञ्च संबद्ध संघिय लिम्बुवान राज्य परिषदका कार्यकर्ताले गाडीमा आगजनी गरेको नेकपा-माओबादीका धनकुटा अध्यक्ष सन्देश बिहानीले बताएका छन् । आगजनीबाट राईले प्रयोग गर्दै आएको मे १ ज २३७ नम्बरको गाडीको टायर, तथा मुनिको भागमा क्षती पुगेको छ । मंगलबार घोर्लिखर्क गाबिसमा चुनावी अभियान सकेर धनकुटा नगरपालिका नपा-७ संगमचोक स्थित राईकै निवास नजिक राखिएको अवस्थामा गाडीमा आगजनी भएको हो ।
राति नै आगजनी भएको भएपनि बिहान मात्र थाहा पाएको गाडी चालक थरेन्द्र पोख्रेलले बताउँनुभयो । राति करिव १ बजेतिर आगजनी भएको अनुमान गरिएको भएपनि बिहान ८ बजे मात्र प्रहरी घटना स्थल पुगेको थियो । यता जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी रामेश्वर कार्कीले आगजनी गर्ने समुहको पहिचान नभएको भन्दै खोजी कार्य जारी राखिएको बताउनुभयो । आागजनी भएको स्थान जिल्ला प्रहरी कार्यालय धनकुटाबाट करिव एक सय मिटरको दुरीमा मात्र रहेको छ ।

Post a Comment

 
Top